साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देश बरवाद भयो

घटिया दलको छ अतीव छल । हर बेथितिको कुन गर्छ हल ? सपना अपुरो, अलमल्ल भयो । गणतन्त्र अहा ! झलमल्म भयो ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

गणतन्त्र नयाँ उपहार भयो ।
नर-वानरको अनुगार भयो ।
भनियो असली जनतन्त्र छ यो ।
तर चित्त भने परतन्त्र भयो ।१।

जनयुद्ध भने हतियार भिँडे ।
निमुखा जनको शिर पाउ गिँडे ।
परमेश्वरको न गरे भजन ।
न छ काजक्रिया पशु झैं मरण ।२।

न छ भोजनमा बल हाल्न घृत ।
सुकुटीसित वाइन भो अमृत ।
खस बाहुन डाउन साँझपख ।
सुर बेसुर बन्नु भएछ हक ।३।

न त हिन्दु रहे न त बौद्ध रहे ।
कति दाइ र भाइ इसाइ भए ।
न त स्नान भयो जप, पाठ भयो ।
मठ मन्दिरमा न बिहान भयो ।४।

कुन चर्च गयो, कुन हर्ष भय ?
बुटिटाट भयो, अति खर्च भयो ।
कुन पास्टरले कति दान लियो ।
उसले कुटिनी हुन ज्ञान दियो ।५।

न विकास दियो न निकास दियो ।
ढुकुटी सकियो, भन के रचियो ।
न त नाक रह्यो, लिपुलेक गयो ।
कुहिरे मतिको अभिषेक भयो ।६।

छ अराजक नीति सदैव खडा ।
पद लोलुप छन् त्यसमै झगडा ।
गठबन्धनमा न छ नैतिकता ।
चुलियो महगी छ विकास कता ? ।७।

न त बन्छ सियो, नदिए इलम ।
उपचार सिटामल खै मलम ?
लुटपाट गरे, मुखिया गणले ।
छलछाम गरे मधु भाषणले ।८।

कुल धर्म कता, निज भेष कता?
स्वविवेक कता ? सत, देश कता.?
कुन लेलिनको किन पाठ जप ?
श्रुतिको शिवको किन हुन्न तप ?।९।

घटिया दलको छ अतीव छल ।
हर बेथितिको कुन गर्छ हल ?
सपना अपुरो, अलमल्ल भयो ।
गणतन्त्र अहा ! झलमल्म भयो ।१०।

न छ वाम सही न त दक्षिण छन् ।
हल गोरु दुबै मुख पश्चिम छन् ।
घुसखोर बढे, घर भाँड भयो ।
गणतन्त्र हरो गलगाँड भयो ।११।

अति धेर युवा परदेश गए ।
असहाय हुने घरभित्र रहे ।
न त उद्यम छन् न त चल्छ हलो ।
कसरी म भनौं गणतन्त्र भलो ।१२।

हर साधन छन् घरमै प्रकृति ।
छलछाम गरी किन एमसिसी ।
परतन्त्रमुखी गणतन्त्र छ यो ।
पहिचान गयो, बरवाद भयो ।१३।

०००
काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x