साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोम शर्मा, निरो र बेसरम शासक

वास्तवमा, रोम जलिरहँदा बाँसुरी बजाउन मै मस्त हुने निरोहरू कुनै पनि काल, कुनै पनि देश, वा कुनै पनि शहरमा भेटिन सक्छन् के साँच्चै- सत्ता र शासनको रोग लागेका बेसरम शासकहरू आफ्नै घर जलाएर खरानीको तातोमा पनि निदाउन सक्छन् ?

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

सफा दौरा सुरुवालमा सजिएका
देशका प्रधानमन्त्रीले
दुबई पुगेर, “कोप-२८” मा
जलवायु परिवर्तनसँग जुध्न
सबै मिलेर अघि बढ्नुपर्ने बताए ।

त्यसै दिन बुटवल पुगेका, अर्को दलका सभापतिले
अब देशभर, उनको दलको
लहर आउने बताए ।

उता उस्तै सफा दौरा सुरुवालमा सजिएका
महाकाली-मेची अभियानमा अछाम पुगेका
अर्का दलका अध्यक्ष त्यहिँबाट कुर्लिए,
उनले सरकार छोडेपछि
देशमा के भएको छ सबैले देख्नु भएकै छ ।

मैले त कुनै सोम शर्माले, सपनामा रमाउँदै
सपनामै लात हानेर, सातुको घैँटो फुटाएको
नीति कथाजस्तै
विचार सिद्धान्त र नैतिकताको घैँटोमा
बेसरम नेताहरूले
आफ्नै अकर्मण्यताको लात हानेर
देश र जनताले देखेका
सुन्दर सपनाहरू छरपस्टिएको र
जाजरकोट र रुकुम पश्चिमका
भूकम्प पीडित नानीका आमाहरूले
ओत विना, आकाशमूनि, मंसिरको चिसोमा
रात विताइरहेको कारुणिक दृश्य
चलचित्रका दृष्यहरू जस्तै सलबलाइरहेको देखेँ ।

वास्तवमा, रोम जलिरहँदा
बाँसुरी बजाउन मै मस्त हुने निरोहरू
कुनै पनि काल, कुनै पनि देश, वा
कुनै पनि शहरमा भेटिन सक्छन्
के साँच्चै-
सत्ता र शासनको रोग लागेका
बेसरम शासकहरू
आफ्नै घर जलाएर
खरानीको तातोमा पनि निदाउन सक्छन् ?

०००
२०८०।८।१६
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x