साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चमत्कारी रोजगारीको रौनक

फेसबुक पढीकन कुक बनेपछि कुकरको दालभात भएको छ मसी । रोजगारी पाएका छन् भुलेका छन् जन गर्नु छैन मुलुकमा मुक्ति-आन्दोलन ।

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

सलह र चमेराले खाम खाएका छन्
सबैजसो नेपालीले काम पाएका छन् ।
खामभित्र खचाखच लुटेको छनोट
मिसन छ चौरासीको नोट फल्ने बोट ॥

जनताले काम पाए मोबाइलबाट
मोबाइल चलाउने छैनन् हरिटाट ।
सरकारले रोजगार दिन-दिनै दिन्छ
करमाथि कर पनि लिनसम्म लिन्छ ॥

मोबाइल पाएपछि केटाकेटी दङ्ग
नपाएमा सबै कुरा पार्छन् भताभुङ्ग ।
युवक र युवती छन् त्यसैमाथि व्यस्त
कामधन्दा पढाइ छ सबै अस्तव्यस्त ॥

बुढाबुढी पनि उही भजनमा मस्त
सम्पूणर्मा ध्वस्त छैन, विकासमा अस्त ।
हातहरू खाली छैनन् औंला चलेका छन्
कल्ले भन्छ अन्नबाली, अम्बा फलेका छन् ॥

फेसबुक पढीकन कुक बनेपछि
कुकरको दालभात भएको छ मसी ।
रोजगारी पाएका छन् भुलेका छन् जन
गर्नु छैन मुलुकमा मुक्ति-आन्दोलन ॥

चमत्कारी फेसबुक देखियो ।
रोजगारी हातैमा भेटियो ॥

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x