साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माैकाकाे फाइदा लुट

ढिलाे हाेला लिई माला जाऊ तत्काल जेलमा मौका चुक्ला छिटाे जाऊ फेरि लाग्ला ऊ खेलमा । उस्काे गाेबर चाटेर चम्चेहाे पुण्य पाउनू यस्ताे मौका चुकाएर यता फर्की नआउनू ।

Nepal Telecom ad

हाेम सुवेदी :

पाउँछौ दारुका घ्याम्पा
सुनकाे मिल्छ बिस्कुट
हे चम्चेहरूहाे चाँडै
जेलका द्वारमा जुट ।।

खाेलेमा ज्यान के फाल्छौ
के पिँध्छौ गहुँकाे पिठाे
झाेले, चम्चे भरौटे हाे
लिन जाऊ छिटाे छिटाे ।।

माला खादा खुबै दामी
बाेकेर जानू अक्षता
हे चम्चे नर हाे तिम्राे
त्यसै भित्र छ याेग्यता ।।

भिराऊ पाटीकाे झन्डा
पूजापाठ सबै गर
भन्नू नारा लगाएर
हैन मानवतस्कर ।।

हाम्राे उद्धार कर्ता हाे
मान्छे स्वर्ग पुर्‍याउँछ
भुटाने बन्नका लागि
मौका यस्ले जुराउँछ ।।

ढिलाे हाेला लिई माला
जाऊ तत्काल जेलमा
मौका चुक्ला छिटाे जाऊ
फेरि लाग्ला ऊ खेलमा ।।

उस्काे गाेबर चाटेर
चम्चे हाे पुण्य पाउनू
यस्ताे मौका चुकाएर
यता फर्की नआउनू ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x