सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माैकाकाे फाइदा लुट

ढिलाे हाेला लिई माला जाऊ तत्काल जेलमा मौका चुक्ला छिटाे जाऊ फेरि लाग्ला ऊ खेलमा । उस्काे गाेबर चाटेर चम्चेहाे पुण्य पाउनू यस्ताे मौका चुकाएर यता फर्की नआउनू ।

Nepal Telecom ad

हाेम सुवेदी :

पाउँछौ दारुका घ्याम्पा
सुनकाे मिल्छ बिस्कुट
हे चम्चेहरूहाे चाँडै
जेलका द्वारमा जुट ।।

खाेलेमा ज्यान के फाल्छौ
के पिँध्छौ गहुँकाे पिठाे
झाेले, चम्चे भरौटे हाे
लिन जाऊ छिटाे छिटाे ।।

माला खादा खुबै दामी
बाेकेर जानू अक्षता
हे चम्चे नर हाे तिम्राे
त्यसै भित्र छ याेग्यता ।।

भिराऊ पाटीकाे झन्डा
पूजापाठ सबै गर
भन्नू नारा लगाएर
हैन मानवतस्कर ।।

हाम्राे उद्धार कर्ता हाे
मान्छे स्वर्ग पुर्‍याउँछ
भुटाने बन्नका लागि
मौका यस्ले जुराउँछ ।।

ढिलाे हाेला लिई माला
जाऊ तत्काल जेलमा
मौका चुक्ला छिटाे जाऊ
फेरि लाग्ला ऊ खेलमा ।।

उस्काे गाेबर चाटेर
चम्चे हाे पुण्य पाउनू
यस्ताे मौका चुकाएर
यता फर्की नआउनू ।।

०००
भद्रपुर, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जन्मे फेरि मुसा

जन्मे फेरि मुसा

बिन्दु दहाल ‘मूकदर्शक’
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

टङ्कराज ढकाल ‘तितेपाती’
बेथा नउल्टिए हुन्थ्याे

बेथा नउल्टिए हुन्थ्याे

मुक्तिनाथ शर्मा
जिन्दगी : अनेक अनुभूति

जिन्दगी : अनेक अनुभूति

गाेपेन्द्रप्रसाद रिजाल