साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘पुत्र मार्क्सको हुँ मै’ सारथी भन्दछन्

आसुरी बाँसुरी वाद्यको जात छ कुण्डले मण्डले साधुको रात छ । अल्झिएनन् कतै कामिनी साथ छन् 'पुत्र मार्क्सको हुँ मै' सारथी भन्दछन् ।

Nepal Telecom ad

नदी भट्टराई :

जर्मनीका पिता साम्यवादी धिए
आज सारा जरा विश्वमा फैलिए ।
सर्वहारा मरे देश सम्पन्न छन्
‘पुत्र मार्क्सको हुँ मै’ सारथी भन्दछन् ।।१।।

मृत्यु छैनन् यहाँ लासका खात छन्
भोक छैनन् यहाँ भातका मात छन् ।
द्वन्द्व छैनन् यहाँ बुद्धमा घात छन्
‘पुत्र मार्क्सको हुँ मै ‘ सारथी भन्दछन् ।।२।।

नेतृ छन् रामझैँ बाहिरी रूपमा
रम्दछन् स्वार्थको फोहरी कूपमा ।
देवता भेषमा चोकमा चोर छन्
‘पुत्र मार्क्सको हुँ मै’ सारथी भन्दछन् ।।३।।

स्वाँठको गोठमा स्यालको राज भो
गाउँमा भक्त छन् बाघको हाँक भो ।
नीतिमा स्वर्ण रे ! व्यक्ति सामन्त छन्
‘पुत्र मार्क्सको हुँ मै’ सारथी भन्दछन् ।।४।।

ढाकियो अस्मिता झूटको वस्त्रले
लाजको टोकरी टन्न भो कर्मले ।
रक्त आफ्ना सबै अन्यका धर्म छन्
‘पुत्र मार्क्सको हुँ मै’ सारथी भन्दछन् ।।५।।

लुट्न सक्दा यहीँ स्वर्गको बास छ
मार्न सक्दा यहीँ जेलको नास छ ।
शक्तिमा भक्तिका ताजका जीत छन्
‘पुत्र मार्क्सको हुँ मै’ सारथी भन्दछन् ।। ६।।

आसुरी बाँसुरी वाद्यको जात छ
कुण्डले मण्डले साधुको रात छ ।
अल्झिएनन् कतै कामिनी साथ छन्
‘पुत्र मार्क्सको हुँ मै’ सारथी भन्दछन् ।।७।।

०००
सूर्योदय नगरपालिका, फिक्कल इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x