साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन साथी म के वादी ?

कालोलाई कालै भनियो नेताको भक्ति गाइएन इमानको खाइयो बेइमानको संगत गरिएन ! कोही नेतावादी कोही झोलावादी कोही के वादी, कोही के वादी भन साथी म के वादी ?

Nepal Telecom ad

सुभाषचन्द्र देवकोटा :

ज्यू हजुर ! गर्न गइएन !
लठैत भएर
कसैको टाउको फोरिएन !
अर्काको भाग खोसेर
आफ्नो भकारी पनि भरिएन !
दुःखै गर्न,
बरू खाडी मुलुक धाइयो
पसिना चुहाइयो !
भन साथी
म के वादी ?

परिवर्तनको लागि भनेर
धेरै पटक,
आन्दोलनमा लागियो,
मण्डलेहरुको लाठी खाइयो,
जेल नेलको यतना भोगियो,
देश भन्दा ठूलो ज्यान भनिएन
भन साथी
म के वादी ?

विवेक वन्दगी राखिएन
कसैको झोले बनिएन
कालोलाई कालै भनियो
नेताको भक्ति गाइएन
इमानको खाइयो
बेइमानको संगत गरिएन !
भन साथी
म के वादी ?

कोही नेतावादी
कोही झोलावादी
कोही के वादी, कोही के वादी
भन साथी
म के वादी ?

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x