साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुट्टा पसारेर खा

लेखा छैन विदेश देश भरि नै छन् बैँक खाताहरू जग्गा औ घर छन् अनेकतिरका भित्रीलगानी अरु छोडी गाउँ बजार झन् पर बसी एकान्त पारेर खा मर्दा न्याय पचेछ अर्ब घुसको खुट्टा पसारेर खा ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

सारा जान्दछ लोक देश कसले खायो उडायो कति
बोल्दैनन् तर मौन छन् नर सबै पारे नि खर्बौँ खती
जेथा यो बन जन्तुले मृग सरी खेद्दै लघारेर खा
मर्दा न्याय पचेछ अर्ब घुसको खुट्टा पसारेर खा ॥१

भोका निर्धनका लुटेर पसिना त्यो गाँस बासै पनि
आफैँ मात्र भुँडी भरेर सहसा अत्यन्त घाती बनी
पाकेका जति छन् मिठा फलहरू छानेर झारेर खा
मर्दा न्याय पचेछ अर्ब घुसको खुट्टा पसारेर खा ॥२

सारा काम भयो मिलीभगतमा सामन्तको आडमा
नेपाली जनको चढेर शिरमा हानेर झन् ढाडमा
भारी हिँस्रक जन्तुले शव सरी एक्लै घसारेर खा
मर्दा न्याय पचेछ अर्ब घुसको खुट्टा पसारेर खा ॥३

लेखा छैन विदेश देश भरि नै छन् बैँक खाताहरू
जग्गा औ घर छन् अनेकतिरका भित्रीलगानी अरु
छोडी गाउँ बजार झन् पर बसी एकान्त पारेर खा
मर्दा न्याय पचेछ अर्ब घुसको खुट्टा पसारेर खा ॥४

आगो शोषणको बल्यो मुलुकमा धेरै परे मारमा
सारा व्यक्ति विदेश खेदिन पुगे पारेर संहारमा
लैनो देश बकेर्नु आज दरियो दोएर दारेर खा
मर्दा न्याय पचेछ अर्ब घुसको खुट्टा पसारेर खा ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x