सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ज्याद्रो नेतृत्व 

जिउ, हजुर मर्जी होस, दाम टकृन्छ सेठको, चाटुकार झोले छिर्न, रुक्दैन चेन गेटको । निले बाँसबारी भुमी, लाउडा, औडी सबै निले, सहकारी खोले धन्दा, लौका मकै सबै निले ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

लोकतन्त्र भयो छाडा, छाडा नेतृत्वको छडी,
लुटतन्त्र भयो गाडा, गाडा ज्यु हजुरको घडी ।

विर्ता भो राष्ट्रको जग्गा, अमिन नक्कली हुँदा ,
कारखाना निले भन्छ्न, मिले सेवक राष्ट्रका ।

ट्याप ट्याप चप्पल पड्काइ, धुन्थे फोहोर वर्तन,
फेरियो ढङ्गको ढाँचा, गर्छ्न स्वाँगिला किर्तन ।

ढाँटको बीउ छर्दैछन, भर्दैछ्न ढुकुटी स्वयं,
गर्दैछन अझ हुङ्कार, पत्याउने सबै जन ।

गन्ध भाग्यो पसिनाको, पस्यो अत्तर आङ्गमा,
झण्डे गाडीहरू पुग्छ्न, च्यापी उर्वशी झाङमा ।

मान्छे हेर्दैन कुर्सीले, कुर्सीले गाँठ हेर्दछ,
विधि टेर्दैन कुर्सीले, कुर्सीले स्वाँठ हेर्दछ ।

जुत्ता चप्पलको वर्षा, हाँसी हाँसी पचाउँछ ,
पुष्पवृष्टी भए वर्षा, शुलिमाथी नचाउँछ ।

जिउ, हजुर मर्जी होस, दाम टकृन्छ सेठको,
चाटुकार झोले छिर्न, रुक्दैन चेन गेटको ।

निले बाँसबारी भुमी, लाउडा, औडी सबै निले,
सहकारी खोले धन्दा, लौका मकै सबै निले ।

कठबाँस उठाएर, लघार्नु पर्छ यो मति,
फुटी होइन जुटेर, सपारौँ राष्ट्रको गति ।

०००
मैतिदेवी, काठमाडौं

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
म हान्दछु

म हान्दछु

गाेपेन्द्रप्रसाद रिजाल
म जान्दछु

म जान्दछु

गाेपेन्द्रप्रसाद रिजाल
वास्तु विग्रिएको गाउँ (३)

वास्तु विग्रिएको गाउँ (३)

गाेपेन्द्रप्रसाद रिजाल
भ्यूटावर…

भ्यूटावर…

कुमार खड्का
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
भाले बनी खोक्दछ

भाले बनी खोक्दछ

के.पी. पाैडेल
विकास र विकासे

विकास र विकासे

देविका तिमिल्सिना
सानो शहरमा ठूलो मानिस

सानो शहरमा ठूलो मानिस

युवराज भण्डारी
0
Would love your thoughts, please comment.x
()
x