जगदीश्वर पाेखरेलहाँडीगाउँको जात्रा
सुवर्णकाे बाला भन्दा फुली राम्रो झम्के ठूला मूला लुला भए साना मूला चम्के शक्तिशाली बन्दा रै’ छन् पुगे पछि मात्रा कति दिन हेर्ने होला हाँडीगाउँको जात्रा ॥

जगदीश्वर पोखरेल :
बुद्धिमानी भनौँ भने कति मुना फाँडे
समाजको परिस्थिति सके जति भाँडे
रातारात गरी बढे झुपडी छन् कत्रा
पुच्छरले कुत्ता हाँक्दा हाँडीगाउँको जात्रा ॥१
अभिमत बढी हुने गरेका छन् कल
फुचेफाचे शहरमा पसे झलमल
लाए नयाँ परिधान फाले झुत्रामुत्रा
जिजु भन्दा नाति जान्ने हाँडीगाउँको जात्रा ॥२
ढुकुर र जुरेलीको फूर्ती बढ्न थाल्यो
सफा हुनु पर्ने थियो हृदय छ कालो
बाँस काढे चोया हुन्छ बुने बन्छन् चित्रा
जता हेरो उतै देख्छु हाँडीगाउँको जात्रा ॥३
सुवर्णकाे बाला भन्दा फुली राम्रो झम्के
ठूला मूला लुला भए साना मूला चम्के
शक्तिशाली बन्दा रै’ छन् पुगे पछि मात्रा
कति दिन हेर्ने होला हाँडीगाउँको जात्रा ॥४
वल्लो घर पल्लो घर गर्न थाल्यो नरे
घर गोठ भत्किएला नेपाली हो भरे
रक्त चुस्न पाए पछि जुका फाली जत्रा
कति हेरून् जनताले हाँडीगाउँको जात्रा ॥५
०००
विष्णुदेवी भिलेज, शतुङ्गल
Subscribe
Login
0 Comments
Oldest






































