साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निसृष्ट

उसको प्रश्नहरूको ओइरो लाग्यो । एकएक गरी जवाफ दिँदै अघि बढ्दै थिएँ । ऊ टक्क रोकियो र पुनः प्रश्न तेर्सायो- “यिनीहरू पनि काम नलाग्ने भएर छाडिएका हो ?”

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

“बाबा, यिनीहरू किन बाटोमा छाडिएका ?”

बाटोमा छाडा छाडिएका चौपायाहरूलाई इङ्गित गर्दै सानो छोराको प्रश्न थियो ।

“थारा, बेत बसेका वा दूध दिन छोडेका र बिरामी गाईगोरु बेवारिसे अवस्थामा छोडिदिन्छन् ।”- मैले उसको जिज्ञासालाई मेटाउन कोसिस गरेँ । मेरा कुरा अलि बुझेन । उसलाई सजिलो भाषामा अर्थ्याउँन  प्रयास गरेँ- “यिनीहरू काम नलाग्ने भएर छाडेको ।”

“अनि यिनीहरू के खान्छन् त ?”
“कहाँ बस्छन् त ?”
“यसरी बाटोबिच बस्दा दुर्घटना हुँदैन त ?”

उसको प्रश्नहरूको ओइरो लाग्यो । एकएक गरी जवाफ दिँदै अघि बढ्दै थिएँ । ऊ टक्क रोकियो र पुनः प्रश्न तेर्स्यायाे – “यिनीहरू पनि काम नलाग्ने भएर छाडिएका हुन् ?”

मैले उसले औँल्याएतिर हेरेँ ।
सडक पेटीमा बेसहारा महिला र पुरुषहरूको झुन्ड थियो ।

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x