साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठगले ठगलाई ठग भनेको दिन

फटाहरूको फेरो समाउनेहरूले आदर्शको आवाज गर्जेको देख्दा काला कर्तूतका पुञ्जहरूको के कुरा सगरमा चम्केको सूर्यमा शङ्का बढेर गयो पूर्णिमाको जून पनि झूठो झैँ लागेर आयो ।

Nepal Telecom ad

रविन्द्र मिश्र :

ठगले ठगलाई ठग भनेको दिन
चोरले चोरलाई चोर देखेको दिन
कहिले आकाश अट्टहास गरेर गर्जिरह्यो
कहिले वादल गहिरो पीडामा रोइरह्यो ।

फटाहले फटाहलाई फटाह भनेको दिन
कलङ्कले कलङ्कलाई कलङ्क देखेको दिन
कहिले अचम्मित धर्ती अताल्लिएर हल्लिरह्यो
कहिले उदास पहाड पहिरो बनेर बहिरह्यो ।

सूर्य र चन्द्र कुल्चिनेहरूले
ठूला-ठूला आवाजमा
‘रातो र चन्द्र-सूर्य’ गाएको सुन्दा
दिनभरी विवेक बजारमा बेच्नेहरूले
विहान-भरी
भजन-कीर्तनमा झुमेको हेर्दा
लाभांशको लालसामा
फटाहरूको फेरो समाउनेहरूले
आदर्शको आवाज गर्जेको देख्दा
काला कर्तूतका पुञ्जहरूको के कुरा
सगरमा चम्केको सूर्यमा शङ्का बढेर गयो
पूर्णिमाको जून पनि झूठो झैँ लागेर आयो ।

ठग र चोरहरू आफैँ पौँठेजोरी खेलेको दिन
फटाह र कलङ्कहरू आफैँ कोलाहल गरेको दिन
गोही नै गोहीको तलाउमा फसेका
ती सौम्य हरीणका के कुरा
हाइनै हाइनाको माझमा परेपछि
जङ्गलको राजा नि निरीह भएको देखियो
तमसो मा ज्योति निभेसँगै
असत्यसँग सत्य हारेको देखियो !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिहार

तिहार

रवीन्द्र मिश्र
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x