साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिहार

मनको बत्ती निभाएर घरमा बत्ती बाल्न थालेँ के, के गरें, के, के गरें यति बत्ती बालेँ कि आफ्नै घर देख्न छाडेँ ।

Nepal Telecom ad

रवीन्द्र मिश्र :

सुन्दा अचम्म लाग्ला
हरेक तिहारमा दिदी-बहिनी भन्दा पनि
म मेरी हजुरआमालाई सम्झिन्छु
उनीसँग घरमा दियो बाल्ने पैसा थिएन
तर उनको मनको दियोले
रात रङ्गीन हुने गर्दथ्यो ।

उनी हरेक साँझ-बिहान
पकाउनै लागेको कसौंडीबाट
एक मुठ्ठी चामल झिकेर भन्दथिन्,
“आफैँले मात्र खाएर मन फक्रिंदैन !”
मलाई उनको मन नै मन्दिर झैँ लाग्दथ्यो

तर ममा आफू ‘बुझ्ने’ भएको भ्रम परेपछि
मैले अरूको घरका बत्ती हेर्न थालें
हजुरआमाको दियो देख्न छाडेँ

मनको बत्ती निभाएर
घरमा बत्ती बाल्न थालेँ
के, के गरें, के, के गरें
यति बत्ती बालेँ कि
आफ्नै घर देख्न छाडेँ

कपाल फुल्न थालेपछि आभास हुँदैछ
अन्धकारको अन्धकारभन्दा
उज्यालोको अन्धकार त्रासदीपूर्ण हुने रहेछ

बादलमाथि कतैबाट हजुरआमा भन्दै होलिन्,
“नाति, ढिलै किन नहोस्, बुद्धि फिरेछ
घर उज्यालो पार्न
पहिले मनको दियो बाल्नुपर्छ !”

०००
८ कार्तिक २०७१ (भाइटिका)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठगले ठगलाई ठग भनेको दिन

ठगले ठगलाई ठग भनेको...

रवीन्द्र मिश्र
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x