सञ्जय साह मित्रइज्जत लिने ?
‘कसैको इज्जत किन्न पाइन्छ भनेर हजुरहरू दौडेर आइहाल्ने ? इज्जत पनि किन्ने र बेच्ने कुरो हो हजुर ?’ अलिक रोकिएर फेरि प्रश्न गर्यो उसले –‘हजुरहरूमध्ये कसको इज्जत घटेको छ र यसरी बटुवा पसलेसित किन्नु परेको होला ?’

सञ्जय साह मित्र :
‘इज्जत लिनुस्, इज्जत’ एउटाले कराएको सुनियो । उसको बोलीले तान्यो । के भनेको होला ? मैले सुनेकै कुरो बोलेको हो ? मनमा कुरो खेल्न थाल्यो तर केही सेकेन्डमै उसको स्वर फेरि कानमा ठोक्कियो –‘इज्जत किन्नुहोस् । थरि थरिका इज्जत लिनुहोस् । इज्जतदार बन्नुहोस् ।’
कौतूहलको हुल बोकेर घरबाट बाहिर निस्कें । देखादेख भयो । मलाई देख्ने बित्तिकै उसले विज्ञापनको भाषामा फेरि भन्यो –‘हजुर मज्जाको इज्जत छ । हजुरको लायक इज्जत छ । लिनुहुन्छ हजुर ?’
‘कस्तो मान्छे इज्जत बेच्छ ? इज्जत भनेर के बेचेको तिमीले ?’ विस्मित हुँदै मैले प्रश्न के ते¥स्याएको थिएँ, मेरी छिमेकिनी आइपुगिन् –‘हेरूँ, तेरो इज्जत कस्तो छ ?’ कडै प्रश्न गरिन् ।
उसले अलिक विस्तारै भन्यो साउती गरेको जस्तो –‘हल्ला नगर्नुस् हजुर, म इज्जतको बेपारी हुँ । इज्जत किनबेच गर्छु । खाँटी इज्जत ।’
‘अहिले कताबाट इज्जत ल्याछ्यौ ? देखाऊ त ।’ छिमेकिनीले फेरि मलाई अप्ठ्यारो लाग्ने गरी अह्राइन् उसलाई ।
प्रत्युत्तरमा पसलेले बडो कठिन प्रश्न गर्यो – ‘हजुरहरू इज्जत लिने कि दिने ? मतलब किन्ने कि बेच्ने ?’
‘के भन्छौ ? इज्जत बेच्ने भनेको होइन ?’ छिमेकिनीले बोल्न थालेपछि मलाई पहिलेदेखि नै सुनिरहूँ लागिरहन्छ । अहिले त मौका नै पाएको छु ।
‘त्यैँ त हजुर, इज्जत लिने हो कि दिने हो ?’ उसले प्रतिप्रश्न गर्यो । मैले छिमेकिनीलाई सहयोग गर्नु धर्म भन्ठानें – ‘तिमीले त इज्जत लिनुस् भनेर बोलाएको जस्तो लागेको थियो ।’
‘कसैको इज्जत किन्न पाइन्छ भनेर हजुरहरू दौडेर आइहाल्ने ? इज्जत पनि किन्ने र बेच्ने कुरो हो हजुर ?’ अलिक रोकिएर फेरि प्रश्न गर्यो उसले –‘हजुरहरूमध्ये कसको इज्जत घटेको छ र यसरी बटुवा पसलेसित किन्नु परेको होला ?’
पहिले म त्यहाँ पुगेको थिएँ । मलाई देखेर छिमेकिनी आएकी थिइन् । मेरो मूर्खता नाङ्गिएसँगै ती दुवै जना मुस्कुराए ।
०००
रौतहट
Subscribe
Login
0 Comments
Oldest






































