साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाइ ! मलाई भाइ चाहिन्छ

आफ्नो बारीमा गन्धे झार ढकाएर ऊ मरुभूमिमा सुन्तला टिप्छ रे मेरो मन विद्रोही बन्दैछ र भन्दैछ देशमा काम दिन नसक्ने राहदानीमा सही मात्र गर्ने सरकारका किरा परेका हातहरू हामीले यहाँ बसेर भाँच्न सकेनौँ ।

Nepal Telecom ad

रमेशप्रसाद पौड्याल  :

जब जब तिहार
नजिकिन्छ पात्रोमा
हत्केलाले घाम छेक्दै
आकाशतिर च्यातिन्छन् आँखा ।
दाजुभाइ र दिदी बहिनीरूको
रातोदिनको फरकमा देश फाट्दा
कताकता फूलले घोच्ने गर्छ अचेल ।
यता घरमा
आमा र बा बुढेसकालमा
गुनको ऋण नउठ्दा
घरिघरि तिम्रो
गुहु सोहोरेको हात सुँघ्नु हुन्छ ।
तिम्री बुढी मसँग खुसुक्क भन्छिन
हामी कात्तिकका कुकुर जत्तिपनि
ऊ त्यो परिवा र ढुकुर जत्तिपनि
खुसी छैनौं सुखी छैनौ ।
भाइ !
तिम्रो खाडीको घामले पिल्सिएको
नाङ्गो फोटो देखेपछि
भर्खर
उनको स्विटर बुनिरहेको
हातको कुरुश भुईँमा खसेछ ।
गाउँलेले हाम्रा कुरा काटे बाबू !
आफ्नो बारीमा गन्धे झार ढकाएर
ऊ मरुभूमिमा सुन्तला टिप्छ रे
मेरो मन
विद्रोही बन्दैछ र भन्दैछ
देशमा काम दिन नसक्ने
राहदानीमा सही मात्र गर्ने
सरकारका किरा परेका हातहरू
हामीले यहाँ बसेर भाँच्न सकेनौँ ।
न म सक्छु
सगरमाथा कन्चनजङ्गा माछापुच्छ्रेको
हिमाली सित्तल पठाउन
न म सक्छु
गण्डकी, कोशी, कणार्ली र मेचीको
चिसो पानी पिलाउन
भाइ !
सक्दैनन्, मेरो मन फुल्याउन
यहाँका डाँफे र मयुर नाँचेर
मन्दिरको घण्ट बजेर
अनि सक्दैन भुल्याउन
खातामा थुपारेका कागजी पैसाले
जिउमा बेरेका सुनका लट्ठाले पनि
रङ्गिन कपडा र श्रृङ्गारका बट्टाले पनि
यहाँ म बिना भाइ बुच्चो छ

बेस्सरी चिच्याइरहेछु आज
नाईं !! मलाई भाइ चाहिन्छ भाइ चाहिन्छ ।

०००
सिन्धुपाल्चोक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रमेशप्रसाद पाैड्याल
शीतयात्रा

शीतयात्रा

रमेशप्रसाद पाैड्याल
प्रभाव तृतीय पुरुषको

प्रभाव तृतीय पुरुषको

रमेशप्रसाद पाैड्याल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x