साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे गोरुहरू हो !

ए निरीह गोरुहरू जोरी खोजौला उसका साथ उसका अघि पुछर लुकाऊ बुझिराख उसको भाउ तिमी सबैको उही हो बाउ तिमीहरु सुख्खा बाँझो फुटाउन मुखमा महला लगाएर नारिइराख घाँस खानु पर्दैन डन्डा खाइराख नखाई अघाइराख ।

Nepal Telecom ad

होम सुवेदी :

आज साँढे तिहार हो 
होक्काँ होक्काँ
टोलटोलमा साँढे गर्जिएर कराएको छ
तिहार भनेर के गर्नु र
साधारण गोरुको सातो हराएको छ
आइलाग्ने फुक्का साँढेले
मुखमा महला लगाएका
थलामा बाँधिएका
आधी पेट पनि खान नपाउने
गोरुलाई मर्नु न बाँच्नु गराएको छ ।

ए निरीह नारिएका गोरु हो
जुवामा भोको पेट नारिँदै गर
खाना उत्पादन गर्न
नखाईकन भोको पेट पछारिँदै गर
कालै नआई मारिँदै गर
यस्तै हो तिम्रो नियति
बाँधिएका छौ
बाँधिँदै गर
महला लगाइएका छौ
महला मस्काउँदै गर
दाम्लो र फाले लगाइएका छौ
दम्लो सुम्सुम्याउँदै गर
यो थलोबाट उ थलो सारिँदै गर
जथाभावी पछारिँदै गर
कुटिँदै गर
भुटिँदै गर
लुटिँदै गर ।
यता साँढे उघ्राएको छ
गजधुम्म बसेर
खेतमा बारीमा र बालीमा पसेर
मन लागि खाएको छ
जे पनि पाएको छ
जता मन लाग्यो उतै धाएको छ
निरीह गोरु र गाईका समाजले
उसैको गुन गाएको छ
जता हान्न मन लाग्यो
उतै सिङ उझाएको छ
आज मात्र हैन
सदासर्वदा
साँढेको दिन आएको छ
जहाँ मन भो त्यहीँ बसेर
मनलागि खाएर
गजगज उघ्राएको छ
उसलाई संसार एकछत्त छ
जता कोरली उतै मैमत्त छ
माया प्रेमसँग उसलाई के अर्थ
जता देख्यो कोरली उतै धाइफल तोड्छ
मेरो तेरोको अर्थ छैन
नैतिकताको पर्खाल फोड्छ
इच्छा माफिस यात्रा मोड्छ
परितृप्त भएपछि
सिँगौरी हानेको छ
जे मन लाग्यो छानेको छ
उसले कसो गर्दा स्वार्थसिद्ध हुन्छ
त्यो जानेको छ
विवश व्याकुल र भोको
गोरु गाईका समाजले
ईश्वरै मानेको छ
नमानोस् पनि कसरी
कोही नमान्ने भए भने
तिनलाई लात्तले हानेको छ
सिङ्ले हानेको छ
कसका बाबुको पिताम
थान थापेको छ
तिम्रो क्षमता नापेको छ
साँढेलाई जे पनि फापेको छ
फुक्का साँढेलाई चलाउन
कसको तागत
छुलछुल मुतेको छ
उच्चासनमा सुतेको छ
मै हुँ भन्ने पगरी गुतेको छ
तिमी जस्ता निरीह गोरुहरूको
भाग्य थुतेको छ
बाटोमा खुट्टाले माटो खन्दै
होक्काँ होक्काँ गर्दै
छुलछुल मुतेको छ
तिमी गोरुको भाग्य
दोब्र्याएको छ
जथाभावी गोब्र्याएको छ
ए निरीह गोरुहरू
जोरी खोजौला उसका साथ
उसका अघि पुछर लुकाऊ
बुझिराख उसको भाउ
तिमी सबैको उही हो बाउ
तिमीहरु सुख्खा बाँझो फुटाउन
मुखमा महला लगाएर
नारिइराख
घाँस खानु पर्दैन
डन्डा खाइराख
नखाई अघाइराख
गजधुम्म बसेका साँढेका लागि
भोको पेट कमाइराख
उसको गुणगान गाइराख
गाइराख ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x