साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

मिठो ठाडो भाका,भजन रसका बालन थिए । सुसेली,द्यौडाका मधुर लयका गुञ्जन थिए ॥ विदेशी मान्छेका विधि चलनका नक्कल भए । कला आफ्ना छोडी युवक युवती बाहिर गए ॥

Nepal Telecom ad

केपी पौडेल जस्ताघरे :

सुगा मैना डाँफे खुब विरहमा छन् कठिनमा ।
रुँदै भाका फेर्छन् युवक नहुँदा यो मुलुकमा ॥
मुसो,गैँडा, हात्ती पनि पिर गरी मूर्च्छिछत भए ।
व्यथा कुण्ठा बोक्दै युवक युवती बाहिर गए ॥-१

जुका, ब्वाँसा, राँगा, चिल, कुकुरका बैठक भए ।
कठै गौरीगाई, हरिण, मृगका घाँस सकिए ॥
यसो हेर्दा बुझ्दा भव सकलका गाँस लुटिए ।
अहो! पीडा बोक्दै युवक युवती बाहिर गए ॥ -२

नदी झर्ना खोला अनि विटपमा रोदन बढ्यो ।
गरा, पाखा, कान्ला, धुर, जमिनका शोभन गुम्यो ॥
यहाँ मान्छे हाम्रा कलुषित भई नायक भए ।
दशा चिन्ता बोक्दै युवक युवती बाहिर गए ॥ -३

तराई, बेँसीमा, हिमशिखरमा धड्कन बढ्यो ।
पहाडी डाँडाका,वन,विपिनका गौरव घट्यो ॥
बिसौनी, चौतारो सकल वटुवा न्यास्रिन पुगे ।
कुना, पाखा छोडी युवक युवती बाहिर गए ॥ -४

मिठो ठाडो भाका,भजन रसका बालन थिए ।
सुसेली,द्यौडाका मधुर लयका गुञ्जन थिए ॥
विदेशी मान्छेका विधि चलनका नक्कल भए ।
कला आफ्ना छोडी युवक युवती बाहिर गए ॥ -५

मकै,रोटी मोई अझ असल हुन् गुन्द्रुक ढिँडो ।
मिलाई खाँदामा अपच नहुने फापर मिठो ॥
मुला,बन्दा ,रायो खुब रस दिने काफल थिए ।
सबै छोडी हाम्रा युवक युवती बाहिर गए ॥ -६

०००
बट्टार, नुवाकोट । हालः बालाजु, काठमाडौं ।
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धाहरू सबल छन्

वृद्धाहरू सबल छन्

के.पी. पाैडेल
वृद्ध जोडी

वृद्ध जोडी

के.पी. पाैडेल
वृद्ध जोडी

वृद्ध जोडी

के.पी. पाैडेल
वृद्धाहरू बचाऔँ

वृद्धाहरू बचाऔँ

के.पी. पाैडेल
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x