साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानुभक्तको सम्झना !

आफ्नै भाषा, अतिशय मिठो, राष्ट्रको दिव्य सान आफ्नै माटो, प्रिय हृदयको, पूज्य अस्तित्व मान आयौ स्रष्टा, यस अवनिमा, देशको रूप फेर्न नेपालीका, घर घर अहा, भक्ति आस्था उमार्न ।

Nepal Telecom ad
हाेमनाथ घिमिरे :
आयौ भानु बनेर यो मुलुकमा, साहित्यका सर्जक ।
ल्यायौ सोच नयाँ बनोस् सकलमा, भाषा सबैको एक
जो रामायण गुञ्जिए घरघरै, तिम्रै थियो सिर्जना
गर्छौँ आज विशेष यो दिवसमा स्रष्टा यहाँ वन्दना ।
राणा शासनको थियो मुलुकमा, सत्ता तथा हैकम
शिक्षानिम्ति थिएन कत्ति सुविधा, राणा हुँदा दुर्जन
आफ्नै संस्कृति धर्म कर्म दुविधा, संस्कार आफ्नोपन
हस्तक्षेप थियो छिमेक परको, अन्धो थियो शासन ।
उल्था शास्त्र ग-यौ पवित्र छ सदा, आश्चर्य त्रेता कथा ।
सीताराम समेत लक्ष्मण तथा, सुग्रीव बाली व्यथा ।
पढ्छन् श्लोक, मिठास छन् अति अहो, सम्पूर्ण नेपालमा
धेरै पुस्तक सिर्जना पनि ग-यौ, यै राष्ट्र कल्याणमा ।
मोतीराम थिए युवा कवि यहाँ, ल्याए चिनारी जब
तिम्रा कीर्ति सबै प्रकाशन हुँदा, साहित्यको सौरव
गर्छौँ याद सदैव आदिकवि हौ, भाषा बनायौ धनी ।
पढ्छन् आज समस्त विश्व दुनियाँ, उम्दा अहा जीवनी।
आफ्नै भाषा, अतिशय मिठो, राष्ट्रको दिव्य सान
आफ्नै माटो, प्रिय हृदयको, पूज्य अस्तित्व मान
आयौ स्रष्टा, यस अवनिमा, देशको रूप फेर्न
नेपालीका, घर घर अहा, भक्ति आस्था उमार्न ।
नेपालीको परिचय दिने, भानु हे राष्ट्रभक्त
नेपालीका, मन हृदयमा, एकता निम्ति शक्त
नेपालीको, प्रथम कवि हौ, भानु हे ज्योति ल्यायौ
श्रद्धा गर्छौँ, सकल जनले, आज माटो चिनायौ ।
हे भानु तिम्रो, गुणगान सान
साहित्यमा हौ शुभरत्न मान
लेख्यौ अनेकौँ रचना हरेक ।
सम्मान श्रद्धा कविमा विशेष।
०००
चितवन
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भोट के मा ?

भोट के मा ?

हाेमनाथ घिमिरे
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x