साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानाे ! नमस्कार छ !!

चोखो मौलिक भारती किन यहाँ भाँच्दै र मास्दै गए ! प्राडाका पगरी गुथेर कतिले भाषा बिगार्दै गए !! आफ्ना गौरव उच्च पौरख भुली, मात्रै बिकाऊ हुँदा । भत्के वर्ण विवर्ण बेथिति बढी पाखण्डका छन् फुँदा।।

Nepal Telecom ad

बद्रीप्रसाद दाहाल :

हाम्रा धीर प्रकाण्ड पण्डित तिमी हौ भारतीका कर !
हाम्रा संस्कृति सभ्यता सिप कला देदीप्य छाै सर्जक !!
हाम्रा वाङ्मय काव्य कानन फुले, माली सुसारे तिमी !
भाषा मानक पार्न कम्मर कस्याै हौ राष्ट सञ्जीवनी !!

नेपाली रसना खिपेर कविता कुँद्दै खुले लेखनी !
नेपाली मनका व्यथा हृदयले, सारेर लेख्थ्यौ कवि ! !
भाषा मानक सुन्दरै सुरसिलाे नाच्छन् महा—काव्यमा ।
पाेख्याै भक्ति कथा र दर्शन सफा हाँस्छन् सबै काव्यमा ।।

चोखो मौलिक भारती किन यहाँ भाँच्दै र मास्दै गए !
प्राडाका पगरी गुथेर कतिले भाषा बिगार्दै गए !!
आफ्ना गौरव उच्च पौरख भुली, मात्रै बिकाऊ हुँदा ।
भत्के वर्ण विवर्ण बेथिति बढी पाखण्डका छन् फुँदा।।

छैनन् खोज — गवेषणा सतहमै जुध्दै र बाझ्दै ठुला –
मात्रै नक्कल गर्दछन् पर— प्रथा भाषा बनाई लुला ।
साट्छन् स्वार्थ पिएर विज्ञपन नै धिक्कार ! धिक्कार छ !
ताताे रश्मि छरेर दग्ध गरिद्याै भानाे ! नमस्कार छ !!

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x