साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गठबन्धन जिन्दावाद !

उसले चोरेको भन्दा हामीले बढी चोर्नुपर्छ, उसले ठगेको भन्दा हामीले बढी ठग्नुपर्छ। यहिँ जुनिमा देशलाई पताल धस्ने हो । चोर गठबन्धन भत्काएर ठग गठबन्धन बनाउने हो ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

उसको गठबन्धन मुर्दावाद।
हाम्रो गठबन्धन जिन्दावाद।

गठबन्धन तोड्नुपर्छ,
गठबन्धन जोड्नु पर्छ,
उसको भाग पुग्यो।
अब, हाम्रो भाग पाउनु पर्छ।

देश बनाउने होइन,
गठबन्धन नै बनाउने हो,
पालो पालो गरेर देशलाई निचोर्ने हो,
छोक्रा बनाउने हो !

उसले खानुसम्म खायो,
अब खाने पालो हाम्रो हो,
उसले सय क्युन्टल सुन खायो,
हामीले हजार क्युंटल खाने हो,
उसले सहकारी डुबायो,
हामीले देश डुबाउने हो,
ज्यानजाला,
अर्को गठबन्धन बनाउने हो ।

उ भन्दा हामी के कम ?
उसले चोरेको भन्दा हामीले बढी चोर्नुपर्छ,
उसले ठगेको भन्दा हामीले बढी ठग्नुपर्छ।
यहिँ जुनिमा देशलाई
पताल धस्ने हो ।
चोर गठबन्धन भत्काएर
ठग गठबन्धन बनाउने हो ।

तिम्रो गठबन्धन मुर्दावाद ।
हाम्रो गठबन्धन जिन्दावाद ।

०००
गाेरखा, हाल काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x