साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुङ्गो फाल्ने सल्लाह

यति विधि सोची पथ्थर ल्यायौँ खिस्स परे पछि अब पछुतायौँ । पहिले जुटियो घरमा ल्याऊँ अब कठिनाइ छ पार म पाऊँ लाज बचाउन अब सब लागौँ पथ्थर फाल्न छ सब जन जागौँ ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

सब जन आऊ पथ्थर फालौँ
यो अप्ठ्यारो सब सुल्ट्याऔं
पहिले त खास्सा चिज भनेका
कति कति आशा मन जागेका ।

सब जन लाग्यौँ तान्न सरामा
घरमा ल्यायौँ गरियो धामा
अहिले हेर्दा रूप न रङ्ग
लाग्दछ साह्रै चिज बेढङ्ग ।

इँट्टासँग पनि जोड्न नमिल्ने
फोर्न टुटाउन खै छ नमिल्ने
कहिले चाप्दछ वरको पाटी
कहिले थिच्दछ यसले घाँटी ।

परिक्रमा पनि गर्न दिँदैन
सडक साँघुरो हिँड्न हुँदैन
दूर्जनजस्तै रोक्छ बटोही
जसले बोक्दछ थाक्दछ सोही ।

लौ सब आओ पथ्थर फालौँ
सडक खुला होस् सदन नियालौँ
अघिको जति हो सोच हरायो
थक्क थक्क अब बुद्धि पलायो ।

बहुमूल्य छ यो पथ्थर ठानी
लाख करोड छ रस आम्दानी
यति विधि सोची पथ्थर ल्यायौँ
खिस्स परे पछि अब पछुतायौँ ।

पहिले जुटियो घरमा ल्याऊँ
अब कठिनाइ छ पार म पाऊँ
लाज बचाउन अब सब लागौँ
पथ्थर फाल्न छ सब जन जागौँ ।

०००
हाल – बैजनाथ- १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
आमा !

आमा !

घनश्याम रेग्मी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
खुसीनगर !

खुसीनगर !

घनश्याम रेग्मी
सल्लाह – काटेर राम्रो हुनू

सल्लाह – काटेर राम्रो...

घनश्याम रेग्मी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x