साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असल छिमेकी

प्रेमको वात्सल्य, साटासाट भयो, गालामा म्वाइ खाएर, ढाड निचोर्ने, छिमेकी आहा !, आँखामा हाल्दा पनि नबिझाउने त्यसैले त, ती मेरा, असल छिमेकी नभै नहुने, भरपर्दा छिमेकी ॥

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे :

चारैतिर मेरा छिमेकी
छिमेकीले बेरिएको म
घरदेशको छिमेकी,
परदेशको छिमेकी
साह्रै असल छिमेकी
गाला सुमसुम्याउँथे, चड्कन लाउँथे
मोही खान दिन्थे, दही झिकेर लान्थे
आफ्ना लागि जे पनि गर्थे
तर पनि, म उनीहरूलाई,
विछट्टै माया गर्थेँ
त्यसैले त, ती मेरा, असल छिमेकी थिए ।

घर नजिकैको छिमेकी
डिलमुनीको छिमेकी,
डिलमाथिको छिमेकी
छिमेकी साह्रै असल
किनकी, मलाई देख्नै सक्दैनथे
मेरो उछितो काड्नु,
आफ्नै बिर्ता ठान्दथेँ
हात धोएरै, पछि लाग्दथे
तर पनि, म उनीहरूलाई,
असाध्य माया गर्थेँ
त्यसैले त, ती मेरा,
असल छिमेकी थिए ॥

घाँस झार्न रुखमा चढ्नै हुन्नथ्यो
सोर्नु पुगिहाल्थे, छिमेकीको रङ देखाइ हाल्थे
मेरो टाट्नामा बाख्रा कराउँदा
उनीहरूको मन रमाउथ्यो
मैले बाख्रालाई घाँस दिँदा
उनीहरूलाई जलन हुन्थ्यो
तर पनि, म उनीहरूलाई,
असाध्य माया गर्थेँ
त्यसैले त, ती मेरा,
असल छिमेकी थिए ॥

बरण्डामा निस्कन्थे, मेरा छिमेकी
मेरो घरतिर, बन्दुके आँखाले हेर्थे
ममा ममताको शुत्रपात हुन्थ्यो
म स्नेह पूर्वक, चिया खान बोलाउँथेँ
कोही जस्केलाबाट भाग्थे,
कोही ढोका पछाडि लुक्थे
साह्रै बटारिएका थिए
तर पनि, म उनीहरूलाई, असाध्य माया गर्थेँ
त्यसैले त, ती मेरा, असल छिमेकी थिए ॥

बाटोमा जम्काभेट, हुनु हुन्नथ्यो
हान्ने गोरुले झैं हेर्थे, मेरा छिमेकी
म प्यारले बोलाउथे, ए ठूल्दाइ, ए माल्दाइ
उनीहरू पिठ फर्काउँदै दौडन्थे
कोही दायाँ लाग्थे,
कोही बायाँ लाग्थे
म पच्छ्याउँदै जान्थे,
उनीहरू लुसुक्कै तर्किन्थे
पछ्याउनु मेरो बाध्यता थियो
तर पनि, म उनीहरूलाई,
असाध्य माया गर्थेँ
त्यसैले त, ती मेरा, असल छिमेकी थिए ॥

कुलो थुनाथुन हुन्थ्यो, गैरीखेतमा
उनीहरूले थुनेको कुलो म खोल्थे
मैले थुनेको कुलो उनीहरू खोल्थे
मेरो खेतमा पानी लागेको, देख्नै हुन्नथ्यो
फोगटोमा जमेको, पानी पनि,
गिलासले उठाएर, लग्न खोज्थे
तर पनि, म उनीहरूलाई,
असाध्य माया गर्थेँ
त्यसैले त, ती मेरा,
असल छिमेकी थिए ॥

एक दिनको कुरा
हटियामा देखादेख भयो, छिमेकीसँग
उनीहरू मलाई हेर्दै, भाग्दै थिए
म उनीहरूको पछि, दौडदै गए
मैले तिनीहरूको हात समाते
फनक्क फर्केर हेरे,
मुसुक्क मुस्कान दिए
पालैपालो अङ्कमाल गर्‍यौँ
प्रेमको वात्सल्य, साटासाट भयो
गालामा म्वाइ खाएर, ढाड निचोर्ने, छिमेकी
आहा !, आँखामा हाल्दा पनि नबिझाउने
त्यसैले त, ती मेरा, असल छिमेकी
नभै नहुने, भरपर्दा छिमेकी ॥

०००
सङ्खुवासभा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x