साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उठेन राष्ट्र के गरूँ !

युरोप ठान्दथेँ अहो ! भयो यही अमेरिका गरेर तुलना भने समस्त लाग्दछन् फिका । विदेशमा हुने यतै विचार गर्दथे फिरूँ रहेछु स्वप्नमा अझै उठेन राष्ट्र के गरूँ ।

Nepal Telecom ad

उत्तम विचार :

विनाश नाशमा झर्‍यो विकास उर्लिएसरि
स्वराष्ट्र स्वर्गझैँ थियो हुँदै छ भन्दछे चरी ।
भनेन भ्रष्टले अझैँ घिचेर पेटमैँ भरूँ
रहेछु मस्त स्वप्नमा उठेन राष्ट्र के गरूँ ।१।

चढेर रेल दौडिएँ पुगेँ म पूर्व पश्चिम
जहाज चढ्न तम्सिएँ नदी सवार तालमा ।
पुगी विराट चोकमा म ठान्दथेँ त्यहीँ झरूँ
रहेछु स्वप्नमा स्वयम् उठेन राष्ट्र के गरूँ ।२।

भुलेर स्वार्थका घडा विकास गर्न तम्सिएँ
तुरुन्त लक्ष्यमा पुगौँ भनेर शीघ्र लम्किएँ ।
न भ्रष्ट भेटियो कतै भन्यो न भाग मैँ हरूँ
रहेछु स्वप्नमा हरे उठेन राष्ट्र के गरूँ ।३।

युरोप ठान्दथेँ अहो ! भयो यही अमेरिका
गरेर तुलना भने समस्त लाग्दछन् फिका ।
विदेशमा हुने यतै विचार गर्दथे फिरूँ
रहेछु स्वप्नमा अझै उठेन राष्ट्र के गरूँ ।४।

नदी मुहान ताल छन् सफा अत्यन्त सुग्घर
गरेर गर्व ठान्दथेँ स्वदेश विश्वको घर ।
डुलेर इन्द्र देवता भने म स्वर्गमा सरूँ
रहेछु स्वप्नमा अहो उठेन राष्ट्र के गरूँ ।५।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x