साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बराबर

बराबर स्वार्थको लागि हात मिलाउन पनि सक्छौँ र बराबर आपसी मेलको नाटक रच्न पनि सक्छौँ तर तिमी बराबरहरू आपसमा विभाजित भएर बराबर मनमुटाव बढाउनमै अभ्यस्त रह्यौ

Nepal Telecom ad

राजेन्द्रप्रसाद अधिकारी :

सबै बराबर हुन्
त्यसैले हामी बराबर सत्ता र शक्तिकै नजिक छौँ
जसरी तिमीहरू पनि बराबर हाम्रा नजिक नै रहेका छौ
हो हामी बराबर हाम्रा सुख र सुविधाहरू बढाई रहेका छौँ
जसरी तिमीहरू बराबर आफ्नै दुःख र अभावहरूमै बाँचिरहेका छौ
फरक, हामी बराबरहरू बराबर मिल्छौँ र छुट्टिरहेका पनि हुन्छौँ
तर तिमी बराबरहरू बराबर मिल्न सक्दैनौँ र छुट्टिएरै बसिरहेका हुन्छौँ

वास्तवमा सबै समान हुन्
हामी समानहरू, समान ‘भाग्य’ को खेल खेलिरहेका छौँ
जसरी तिमी समानहरू, समान कर्ममै अल्झिरहेका छौ

हो बराबरहरू बिच हामी बराबर नै छौँ
जसरी बराबरहरू बिच तिमीहरू पनि बराबरै छौ
फरक, हामी बराबरहरू आपसमा अङ्कमाल गरेर
बराबर स्वार्थको लागि हात मिलाउन पनि सक्छौँ
र बराबर आपसी मेलको नाटक रच्न पनि सक्छौँ
तर तिमी बराबरहरू आपसमा विभाजित भएर
बराबर मनमुटाव बढाउनमै अभ्यस्त रह्यौ
र बराबर आपसमै भिड्न पनि तम्सिरह्यौ ।

पक्कै पनि, हामी सबै बराबरहरू
बराबर बिच बराबर नै छौँ
वास्तव मै, हामी सबै समानहरू
समान बिच पनि समान नै छौँ
र हामी रुपान्तरितहरू
फेरिएका मौसमहरूमा पनि अनुकूलित नै छौँ ।

०००
काठमाडौं
२५ भदौ २०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देउता‚ अनि तिमी चाहिँ किन चुप ?

देउता‚ अनि तिमी चाहिँ...

राजेन्द्रप्रसाद अधिकारी
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
तपाईंलाई चिन्ने कसरी हो ?

तपाईंलाई चिन्ने कसरी हो...

राजेन्द्रप्रसाद अधिकारी
हैन के छ त्यस्तो हाम्रो देशमा…

हैन के छ त्यस्तो...

राजेन्द्रप्रसाद अधिकारी
टोलको यौटा मासुपसल

टोलको यौटा मासुपसल

राजेन्द्रप्रसाद अधिकारी
गलेको काँध र मक्किएको झोला

गलेको काँध र मक्किएको...

राजेन्द्रप्रसाद अधिकारी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x