साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई बचाऊ

देवी मन्दिरमा यथाविधि गरौँ पूजा कुभिण्डो वली । गर्थे सात्विक अर्चना ऋषि सधैँ हुन्थिन् खुशी देवली । हाम्रो प्राक्-तन आर्ष पध्दति चुनौँ छोडौँ वली पूजन । थालोस् मन्दिरमा अजान पशुको फाँसी मिनाहा हुन ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

भो भो छोड नहान मार निमुखा नादान प्राणी चुनी ।
बाराकी गढिमाइ रोक बध यो चित्कार चर्को सुनी ।
आफैमा परिपूर्ण छौ भुवनकी माता सबैकी भर ।
स्वार्थी मानिसले चढाउँछ वली भो लिन्न भन्ने गर ।१।

ऐय्या ! भन्छ दुखेर मानिस निकै काँढा बिझेका क्षण ।
त्यै मान्छे अपराध गर्दछ वली हान्ने नजाती प्रण ।
चाहन्छिन् भुवनेश्वरी हृदयको चोखो तपःसाधना ।
धिक्-धिक् पञ्चवली दियौ किन कठै ! आफूखुशी वञ्चना ।२।

के थाहा पशु त्यो गयो खुरुखुरु मौलो भएकोतिर ।
के पत्तो अलिखेर मर्नु छ कठै ! जाने त मान्थ्यो पिर ।
कोही छैन निसाफ निम्ति उभिने उस्को दया खाँतिर ।
मान्छे कायर धर्मभीरु बिचरा त्यो जन्तुको तल्दिर ! ।३।

आद्या शक्ति शिवा स्वयं भुवनमा गर्छिन् सबै सिर्जना ।
आफ्नै सृष्टि वली चढाउन भनी गर्छिन् कहाँ तिर्सना ।
स्वार्थी मानिस भोग खान्छ उनको संकल्प मात्रै गरी ।
बाँच्ने आयु छँदै वली स्थगित होस्, द्यौ न्याय हे ईश्वरी ! ।४।

पापी दानवको गर्यौ बध स्वयं चण्डी बनी लोकमा ।
तिम्रो मन्दिरमा नदी रगतको बग्दा भयौँ शोकमा ।
गल्ती के छ ? कठै अबोध पशुको त्यै नै अचानो पर्‍यो ।
अन्धो रीति अझै सुधार नहुँदा जे गर्नु यस्ले गर्‍यो ।५।

देवी मन्दिरमा यथाविधि गरौँ पूजा कुभिण्डो वली ।
गर्थे सात्विक अर्चना ऋषि सधैँ हुन्थिन् खुशी देवली ।
हाम्रो प्राक्-तन आर्ष पध्दति चुनौँ छोडौँ वली पूजन ।
थालोस् मन्दिरमा अजान पशुको फाँसी मिनाहा हुन ।६।

०००
कीर्तिपुर-२, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x