साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोजको निम्तो मान्न जाँदा

अलिकति कड्केर पड्केँ - भोजको निम्तोमा पनि बिल दिन लाज लाग्दैन ? विनम्र भावमा भन्यो - ‘भोजको निम्तो’ होटलको नाम हो । तल राम्ररी पढ्नुहोस्, कार्डमै लेखिएको छ नि - ‘उत्कृष्ट मूल्यको स्वाद’ ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

भोज भनेपछि मेरो मुखमा पानी आइहाल्छ । जबसम्म त्यो भोज खान्न तबसम्म मुखमा पानी आइरहने ग्रन्थीको मूल बन्द हुँदैन ।
“निम्तोपत्र बोक्नु भो ?” पत्नीको प्रश्नले सम्झेँ, निम्तोपत्रमा लेखिएको कुरा – भुस्याहा र किचकिचेहरूबाट जोगिन अनि चौरासी व्यञ्जन भोगिन गेटबाट फस्न यो कार्ड साथमा हुनु अनिवार्य छ विशिष्ट अतिथिज्यू ।”
नियमानुसार भोज खाएँ । खाएँ त के भन्नु, कोच्नुसम्म कोचेँ । अझै पनि धेरै व्यञ्जन कोच्न बाँकी नै रह्यो । पछुतो लाग्यो – घ्याम्पो जत्रो पेट पनि कहिलेकाहीँ साँघुरो लाग्दो रहेछ । मिल्ने भए कसैको पेट सापटी बोकेर भोजमा आएको भए हुन्थ्यो ।

सयौँ ठाउँमा भोजको वणर्न गर्न सक्ने सामथ्र्य बोकेर निस्कन खोज्दा आयोजकले रोक्यो । पस्दाको बेलाझैँ फेरि खाँदा र फूलमालाले खाँदाखाँद गर्लान्जस्तो लागेको थियो तर निम्तो कार्ड माग्यो । सगर्व बढाएँ । कार्ड फर्काउँदै भोजबिल पनि दियो । भ्याटसहित सात हजार रुपैया थियो ।

अलिकति कड्केर पड्केँ – भोजको निम्तोमा पनि बिल दिन लाज लाग्दैन ?
विनम्र भावमा भन्यो – ‘भोजको निम्तो’ होटलको नाम हो । तल राम्ररी पढ्नुहोस्, कार्डमै लेखिएको छ नि – ‘उत्कृष्ट मूल्यको स्वाद’ । मतलब भोज त खानुहोस् तर मूल्य तिरेर । अझ हामीले अर्को सुविधा पनि थप्दैछौँ – ‘किस्तामा खानुहोस्, एकैचोटि बिल तिनुहोस् ।’

उसको कुरो सुन्ने फुर्सद थिएन । डिजिटल पे गरेर गाली गर्दै निस्केँ ‘यस्तो नराम्रो भोजको त्यत्ति धेरै बिल !’

०००
रौतहट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x