साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली (काव्य शृङ्खला – ५७)

अवस्था सँगैमा भएका बुढ्यौली व्यवस्था सँगैमा चढेका बुढ्यौली बुढ्यौली कुनै स्वास्थ बिग्रेर हुन्छ सबैका व्यथा राष्ट्रले बुझ्नु पर्छ ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

देवीप्रसाद यसो भन्छ-
बुबाका कुरा नित्य सुन्दै म आज
हिँडेको छु छाडी सबै कामकाज
निकालेर छाड्ने छु निष्कर्ष खास
बुबा ढुक्क मान्नू नहोऊ निराश ॥३५४॥

मगन्तेहरू छन् कुनै कर्महारा
कुनै बाध्यताका त्यसै सर्वहारा
समस्या यिनी राष्ट्रका मान्नुपर्ला
छ सत्ता सँगैमा समाधान गर्ला ॥३५५॥

कुनै मूर्खताले नसामा फसेका
कुनै बाध्यताले त्यतै अल्झिएका
उठाई समस्या म राख्दै छु बात
कुनै कालमा फिर्न सक्ला प्रभात ॥३५६॥

विलासी पनामा कुनैले कुबाटो
लिएको छ आफैँ भरे देख्छ बाटो
भला व्यक्तिको राष्ट्रमा छैन खाँचो
पला फर्किएला कलामा छ साँचो ॥३५७॥

बुबा चित्त आफ्नो नपारौँ भरङ्ग
म ल्याएर छाड्ने छु केही तरङ्ग
खुलोस् वृद्धका भावनामा प्रभात
यसै कामनामा छ देवीप्रसाद ॥३५८॥

सहाराविनाका अपाङ्गा बिरामी
कुनै वृद्धवृद्धा नपाई सिरानी
सदा तड्पिएका धराधामभित्र
नियाल्दै गरोस् राष्ट्रले यो सचित्र ॥३५९॥

मगन्ते घुमन्ते तथा भातमारा
ठगी कार्यका यी सदा कर्महारा
गरीखान सक्ने बनाएर सारा
छरोस् राष्ट्रले आँगनीमा सितारा ॥३६०॥

जँड्याहा गँज्याहा नसापान गर्ने
बिगारेर बानी थलामा चहार्ने
यिनी राष्ट्रका भार ठान्दै निकाय
जुटोस् सामनामा लिई सत्य राय ॥३६१॥

अवस्था सँगैमा भएका बुढ्यौली
व्यवस्था सँगैमा चढेका बुढ्यौली
बुढ्यौली कुनै स्वास्थ बिग्रेर हुन्छ
सबैका व्यथा राष्ट्रले बुझ्नु पर्छ ॥३६२॥

वयोवृद्ध हुन् वृद्धमा सर्वमान्य
छ कर्तव्य सम्पूणर्मा झन् अगण्य
उदाऊन् सबैका थलामा प्रभात
यसै कामनामा छ देवीप्रसाद ॥३६३॥
क्रमशः

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
विचारपथका चेलाहरू हो सुन

विचारपथका चेलाहरू हो सुन

देवीप्रसाद मिश्र
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

देवीप्रसाद मिश्र
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ

वृद्धा र वृद्ध भन्छन्...

देवीप्रसाद मिश्र
नसम्झ सासू, किन बन्दिनन् मुमा ?

नसम्झ सासू, किन बन्दिनन्...

देवीप्रसाद मिश्र
होस् वृद्ध बेला सुखको निसान

होस् वृद्ध बेला सुखको...

दुष्यन्त भट्टराई
बुबामा समर्पण

बुबामा समर्पण

दुर्गा रिमाल अधिकारी
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x