फित्काैली डटकमभैरव पुरस्कार लक्ष्मण गाम्नागेलाई, वाङ्मय पुरस्कार गौतमलाई र प्रतिभा पुरस्कार लक्ष्मी गिरीलाई
भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मङ्गलवार नै सार्वजनिक गरेको हाे । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो ।

काठमाडाैं, २०८१ असाेज १ । भैरव पुरस्कार गुठीद्वारा हरेक वर्ष दिइने गरेकाे भैरव पुरस्कार २०८१ का लागि हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गर्ने निर्णय गरिएकाे छ ।
गुठीकाे मङ्गलबार बसेकाे बैठकले यस वर्षकाे भैरव वाङ्मय पुरस्कार कोषकार चूडामणि गौतमलाई तथा प्रतिभा पुरस्कार हास्यकलाकार लक्ष्मी गिरीलाई प्रदान गर्ने निर्णय गरेकाे छ ।
नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मङ्गलवार नै सार्वजनिक गरेको हाे । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो ।
भैरव पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ भने भैरव वाङ्मय पुरस्कारकाे राशि १ लाख १ हजार १ सय ११ रुपैयाँ र भैरव प्रतिभा पुरस्कारकाे राशि ५१ हजार १ सय ११ रुपैयाँ रहेकाे गुठीले जनाएको छ ।
पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोपाल बरालको संयोजकत्वमा साहित्यकारद्वय नरनाथ लुइँटेल र हरिकला उप्रेती सदस्य रहनु भएको चयन समिति गठन गरेको थियो ।
भैरव स्मृति दिवसको दिन यही असोज १९ गते शनिवार राजधानीको गोकर्णेश्वर—५ स्थित भैरव स्मृति भवनमा एक समाराेह आयाेजना गरी घोषित पुरस्कारहरू समर्पण गरिने जानकारी गुठीका सचिव वसन्त रिजालले दिनुभयो ।
पुरस्कारका लागि घाेषित स्रष्टाहरूमा फित्काैलीकाे हार्दिक बधाई ।
०००
– निर्मल अर्यालद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest




































