साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान

सबै खेत बाँझै कता फल्नु धान न दाना न पानी कहाँ धान्नु ज्यान छ यस्ताे यताकाे उता छन् प्रचार अघाइन्छ खाएर के संविधान ।।

Nepal Telecom ad

हाेम सुवेदी :

विदेशीहरूले चुसेकाे जुठाे हाे
डढेकाे खरानी भएकाे ठुटाे हाे
भरौटेहरू मान्दछन् याे छ साँचाे
कहाँ हुन्छ साँचाे महाकाे झुटाे हाे ।।

हजारौँ गुणा श्रेष्ठ त्याे पञ्चराज
थियाे शान्त सद्‌भावनाकाे समाज
कसैकाे जुठाे हालियाे संविधान
डुबायाे त्यसैले यहाँकाे जहाज ।।

निकम्माहरूले जुठाे मागिखाए
बसेकाे घरै जानिजानी डढाए
थियाे रत्नकाे स्रोत याे देशभित्र
धुपौरे भरौटेहरूले सुकाए ।।

सबै खेत बाँझै कता फल्नु धान
न दाना न पानी कहाँ धान्नु ज्यान
छ यस्ताे यताकाे उता छन् प्रचार
अघाइन्छ खाएर के संविधान ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x