सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

संविधान

सबै खेत बाँझै कता फल्नु धान न दाना न पानी कहाँ धान्नु ज्यान छ यस्ताे यताकाे उता छन् प्रचार अघाइन्छ खाएर के संविधान ।।

Nepal Telecom ad

हाेम सुवेदी :

विदेशीहरूले चुसेकाे जुठाे हाे
डढेकाे खरानी भएकाे ठुटाे हाे
भरौटेहरू मान्दछन् याे छ साँचाे
कहाँ हुन्छ साँचाे महाकाे झुटाे हाे ।।

हजारौँ गुणा श्रेष्ठ त्याे पञ्चराज
थियाे शान्त सद्‌भावनाकाे समाज
कसैकाे जुठाे हालियाे संविधान
डुबायाे त्यसैले यहाँकाे जहाज ।।

निकम्माहरूले जुठाे मागिखाए
बसेकाे घरै जानिजानी डढाए
थियाे रत्नकाे स्रोत याे देशभित्र
धुपौरे भरौटेहरूले सुकाए ।।

सबै खेत बाँझै कता फल्नु धान
न दाना न पानी कहाँ धान्नु ज्यान
छ यस्ताे यताकाे उता छन् प्रचार
अघाइन्छ खाएर के संविधान ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाज हराएको सूचना !

लाज हराएको सूचना !

भोजराज रेग्मी ‘मुखाले’
साधुलाई शूली, हाम्रो नेपालमा

साधुलाई शूली, हाम्रो नेपालमा

सुभाषचन्द्र देवकाेटा
चक्रव्यूह

चक्रव्यूह

लक्ष्मण नेवटिया
चिनारी

चिनारी

हरिप्रसाद उप्रेती
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
भेडाहरू !

भेडाहरू !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x