साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सेल्फी

सेल्फीले अरुलाई देखाउँदैन कि त साना देखाउँछ आफू गजधुम्म सेल्फीमा बादसाहलाई नाङ्गो भन्ने बालकझैँ गजधुम्मे सेल्फीवालालाई लुखुरे भन्ने निस्वार्थ हृदय पाइएला र ?

Nepal Telecom ad

हेम अधिकारी :

जमाना अनुसारको काम गर्ने हो
अहिले जमाना छ सेल्फीको
ए सेल्फी ! मैले भनेजस्तो भैदे न !
मैले कल्पना गरेजस्तो आइदे न !
सेल्फीको दुनियाँ छ
दुनियाँ सेल्फीमा मख्ख छ ।

तर
सेल्फी भनेजस्तो आउँदैन
पीडा यही छ ।
खिच्यो, फेरि खिच्यो अनि पनि खिच्यो
भनेजस्तो हुँदैन, आउँदैन सेल्फीको स्वरुप
सेल्फी खिच्दा पछाडि हिँड्नु पर्ने
अन्योल र अनदेखामा पछाडि सर्दै सर्दै
सेल्फीले कहाँ पुर्‍याउला !
अगाडि हिडेर सेल्फी हुँदैन र ?
सेल्फी खिच्दै पछाडि हिँड्दा
कति गर्ल्याम गुर्लुम, स्वाहा
आफ्नो जमात परिवार आश्रितको चिल्लबिल्ल
सेल्फी तँ किन मख्ख बनाउँछस् ?
किन लठ्याउँछस्, किन अठ्याउँछस् ?
क्यामरा अगाडिको लेन्स नै कति ठूलो,
शक्तिशाली हुँदाहुँदै
अरुसँग खिचेको चित्त बुझ्दैन ।
सँगीसँग मिलेर खिच्दा कति राम्रो हुने
तर
उल्टो क्यामरा पारेर सेल्फी खिच्नै पर्ने
अरुले बनाइदिएका सेल्फीवाला हामी
आफ्नै फोटो खिच्न नजान्ने
अगाडिबाट खिच्न नमान्ने ।
सानो समूहमै खिचे पनि खिच्नेकोचैँ ठुलो आउने
त्यसैले सेल्फी प्रिय
अरुले बनाइदिएको क्यामराले खिचेका
सेल्फी फोटो हामी ।

अलिक राम्रो सेल्फी खिच्न
सेल्फी लौरो नै चाहिने
लौराको भरमा सेल्फी खिच्न मख्ख
टेकेको धरातलमा पाइला चिप्लिएर बर्ल्याङ्बुर्लुङ् हुने
थाहै नपाउने
स्टिकको भरमा राम्रो सेल्फी खिच्दाखिच्दै
भिरको छेउमा पुगेको थाहै नपाउने
सेल्फीका लागि दृश्यमा परपीडक
तर साच्चै स्वपीडक सेल्फीवाला हामी ।

सेल्फीले अरुलाई देखाउँदैन
कि त साना देखाउँछ
आफू गजधुम्म सेल्फीमा
बादसाहलाई नाङ्गो भन्ने बालकझैँ
गजधुम्मे सेल्फीवालालाई लुखुरे भन्ने
निस्वार्थ हृदय पाइएला र ?
अनि पत्यार होला र ?
सक्कली आकार हराउँदै मख्ख
सेल्फीवाला हामी ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x