साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखुण्डो

शिविर घोटालाका धमिरा लागेका फाइल देखे शरणार्थी प्रकरण देखे त्यसपछि उनीहरूले मुखुण्डो लगाए उनीहरू मुखुण्डो भित्रबाट बोल्छन् सबैले ताली पिटेको सम्झन्छन् ।

Nepal Telecom ad

भोलानाथ सुबेदी :

मुखुन्डो लाएर आउनेले
अर्काको मुख हेर्न खोज्यो
दुवै सम्मुख भएर
एक अर्काका आँखामा
नियालेर हेरे
चुप लागेर
आफ्नो बाटो लागे
उनीहरूलाई थाहा भयो
मुखुन्डो दुवैले लाउनुपर्ने रहेछ
उनीहरूले दुवैको आँखामा
आआफ्नो बिग्रेको अनुहार देखे
भ्रष्टाचार देखे
कमिसन देखे
ढिला सुस्ती देखे
सहकारीका बिजोग देखे
गिरिबन्धुका चिया देखे
सिसी क्यामेरा खाने
त्यो जुँगे मुसो देखे
शिविर घोटालाका
धमिरा लागेका फाइल देखे
शरणार्थी प्रकरण देखे
त्यसपछि उनीहरूले
मुखुण्डो लगाए
उनीहरू मुखुण्डो भित्रबाट बोल्छन्
सबैले ताली पिटेको सम्झन्छन्
जुन दिन उनीहरूले
मुखुण्डो निकाल्छन्
आफूलाई एक्लै भेट्छन्।

०००
काठमाडौं
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x