साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दैवसँग दलेको कृतज्ञता

कसले के गर्न सक्छ हामीलाई कसले ठग्न सक्छ हाम्रा लागि पाइपमा खोलो बग्न सक्छ सरकारको के कुरा हामीले जे गरायो त्यही गर्न सक्छ । त्यसैले अरुका भाग्य जले अरूका दिन ढले तिनका पाउ गले हामी हौँ दले ।

Nepal Telecom ad

होम सुवेदी :

हामी हौँ दले
दलेका भाग्यमा घाम बले
अभागीहरू अब गले
बाढी पैरो चले
तालुमा आलु फले
दुखका दिन ढले
बगर बेचेर
अब पैसा फले
अरूका दिन ढले
तिनका पाउ गले
हामी हौँ दले ।
धन्न बाग्मती,
धन्न मनोहरा
धन्यवाद हनुमन्ते
धन्य धोवी खोला
हाम्रो फेरिदियौ चोला ।
भैँचालोबाट कमाएका थियौँ
सकेसम्म जमाएका थियौँ
सारै रमाएका थियौँ
धेरै पर्खेका थियौँ
च्याङ्ग्राझैँ खर्केका थियौँ
बल्ल बल्ल अँधेरामा बत्ती बले
अरूका दिन ढले
तिनका पाउ गले
हामी हौँ दले ।

बाढी चलाइदियौ
भाग्गे फलाइदियौ
ठुला घरहरू ढलाइदियौ
भाग्गेको मुना पलाइदियौ
बाढी सकिन्छ जब
बगर प्लटिङ गर्ने हो तब
खोलालाई ढलमा बगाउने हो अब
दले दलेको दल बनाउने हो अब
बगरलाई पैसाको फल बनाउने हो अब
माफियागिरी चलाउने हो अब
अरूका दिन ढले
तिनका पाउ गले
हामी हौँ दले ।

बगर बेच्ने हो अब
प्लटिङ गर्ने हो अब
बस्ती बसाउने हो अब
दुखी गरिबलाई फसाउने हो अब
खोलामा बस्ती बसाउने हो अब
चोभारदेखि ह्युमपाइपमा
खोलो बगाउने हो अब
अरूका दिन ढले
तिनका पाउ गले
हामी हौँ दले ।

कसले के गर्न सक्छ
हामीलाई कसले ठग्न सक्छ
हाम्रा लागि
पाइपमा खोलो बग्न सक्छ
सरकारको के कुरा
हामीले जे गरायो त्यही गर्न सक्छ
मुत् भने मुत्न सक्छ
सुत् भने सुत्न सक्छ
हग् भने हग्न सक्छ
त्यसैले अरुका भाग्य जले
अरूका दिन ढले
तिनका पाउ गले
हामी हौँ दले ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x