साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुका र किर्नाहरू

अझै ढाडिने चाल हेर्दैछ बाटो लुरे फाल काट्यो छ रे क्षुद्रता त्यो ! लुठो लुब्धले ज्यान खायो नयाँ भो महाकालको रूप आकारको भो ।

Nepal Telecom ad

पदम दाहाल :

हिँडेको छ नाप्तै जुको खेतबारी
लिसोझैँ छ पापी चुसेको चहारी ।
अघाएर ढल्ने लुकी ढाडिएर
छ छादेर भूभाग रक्ताम्य हेर ! ।१।

सुकेको झिनो पातलो दुब्लिएथ्यो
खिनौटो र सिन्को थियो छाँटिएको ।
बरा ! आज ढाडी भकुल्ले भएछ
सिनिक्कै परेको चिटिक्कै छ एक ।२।

पसी चुस्छ भित्रै लुकी लिन्छ स्वाद
खुसी देखिएको न ता क्यै छ लाज ।
टिपी फाल्न खोज्दा समातिन्न चिप्लो
अघाएन ब्याधा खुनी खिन्न चिथ्रो ।३।

समातेर फालूँ भने तानिंदैन
गलाऊँ भने औषधी जानिंदैन ।
अघाएर चिल्लो खुबै पोटिलो भो
बिसायो चिलायो चिलो चर्किलो भो ।४।

अझै ढाडिने चाल हेर्दैछ बाटो
लुरे फाल काट्यो छ रे क्षुद्रता त्यो !
लुठो लुब्धले ज्यान खायो नयाँ भो
महाकालको रूप आकारको भो ।५।

सभा राजधानी जुका गाउँमा छन्
खरी खानदानी महानाउँमा छन् ।
सुरा सर्वहारा जुनै हुन् दलाली
महारोग किर्ना सरी कर्मचारी ।६।

०००
मादी न.पा. ६, सङ्खुवासभा
हाल, लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x