साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकार छ (२)

बज्दैनन् सुर तालमा यदि भने, त्यो वाद्य बेकार छ खाँदामा यदि दुख्छ पेट सहजै, त्यो खाद्य बेकार छ छाडी जन्म थलो पिआर लिइँदा, त्यो जीतमा हार छ जन्मेको थल सौम्य मातृ ममता, भुल्छौँ त बेकार छ ।

Nepal Telecom ad

विदुर अधिकारी :

छोपिन्नन् यदि छोपिने चिज भने, ती वस्त्र बेकार छन्
लाग्दैनन् ठिक ठाउँमा यदि भने, ती अस्त्र बेकार छन्
जुट्दैनन् शुभकार्यमा यदि भने, ती सन्त बेकार छन्
मान्दैनन् जनभावना यदि भने, ती तन्त्र बेकार छन् ।१।

गर्दैनन् हितका कुरा यदि भने, त्यो झुण्ड बेकार छ
पानी नित्य रहन्न कञ्चन भने ,त्यो कुण्ड बेकार छ
सच्चा मानव भै पराक्रम गरी हिँड्दा मिठो सार छ
संज्ञाहीन विवेकशून्य रहने, त्यो मुण्ड बेकार छ ।२।

लेखिन्नन् यदि लेख सभ्यपनका ती लेख बेकार छन्
साटिन्नन् यदि बैंकबाट सहजै, ती चेक बेकार छन्
छैनन् उर्वरता भने जमिनमा, ती खेत बेकार छन्
विद्वान् भैकन अर्थ बुझ्न नसके, ती चेत बेकार छन् ।३।

बज्दैनन् सुर तालमा यदि भने, त्यो वाद्य बेकार छ
खाँदामा यदि दुख्छ पेट सहजै, त्यो खाद्य बेकार छ
छाडी जन्म थलो पिआर लिइँदा, त्यो जीतमा हार छ
जन्मेको थल सौम्य मातृ ममता, भुल्छौँ त बेकार छ ।४।

गर्दैनौँ हित राष्ट्रको यदि भने, जन्मेर के सार छ
मिच्दा साँध थपक्क ढुक्कसितले बस्छौँ त बेकार छ
सीमा-क्षेत्र मिचेर ताण्डव यहाँ, गर्दैछ त्यो भारत
साँचो राष्ट्रियता ढल्यो यदि भने, बाँचेर बेकार छ ।५।
क्रमशः

०००
रामपुर, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सासू-मुमा

सासू-मुमा

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
वृद्ध जोडी

वृद्ध जोडी

विदुर अधिकारी
सफल वृद्ध बनौँ

सफल वृद्ध बनौँ

विदुर अधिकारी
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x