साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिब्रो

कोही आवश्यक कुरा पनि बोल्दै नबोल्ने, कोही चाहेर पनि बोल्नै नसक्ने, कोही अनावश्यक र अचाक्ली बोल्ने गर्नाले पनि हितको साटो अहित हुने गरेको कुरा भोगिरहेकै तितो सत्य हो ।

Nepal Telecom ad

कुमार खड्का :

“साउन १५ खिर खाने संस्कार हाम्रो मान्नुपर्छ
दूध, चिनी, चामल समेत पारिबाटै धान्नुपर्छ
अल्छे तिघ्रो, स्वादे जिब्रो तलबल लाग्छ सधैंँभरि
आर्थिक मन्दी, व्यापार घाटा के गर्ने हो जान्नुपर्छ ।”

जिब्रोकै स्वाद फेर्न हज्जारौँ थरिका परिकार बनेका छन् । गीत, सङ्गीत, भाव भङ्गीका महफिल जमेका छन् । तरवारको के धार होला जिब्रोको धारले प्रहार गरेको मान्छे सात जुनि तक कोमामा पर्न सक्छ, आफ्नैसँग सम्बन्धविच्छेद हुनसक्छ । मीठो वचन, मिठासपूर्ण शब्दको कारण प्रेम सम्बन्ध अघि बढ्नसक्छ भने तिक्ततापूर्ण वाणीले स्थापित प्रेम टुट्न सक्छ, सम्बन्धविच्छेद हुनसक्छ । मित्रता शत्रुतामा गुज्रन सक्छ भने भासिएको सम्बन्ध सुध्रन सक्छ । इज्जतको थोपो छिट्टो नराखी उछित्तो काट्नदेखि नभएको नखराले अर्काको तलुवा चाट्न समेत जिब्रो जति सक्षम अरु अङ्ग हुनै सक्दैन । त्यसैले मलाई के लाग्छ भने पाँच ज्ञानेन्द्रिय मध्येको महत्वपुर्ण अङ्ग जिब्रोको पूर्णाङ्क स्वतः २० अङ्क भारभन्दा अलि बढिनै हुनुपर्ने हो, अन्यथा जिब्रोलाई अन्याय पर्ने हो कि ? भनेझैं लाग्छ ।

मान्छे मान्छे भएर बाँच्न र उत्कृष्ट प्राणीको दर्जामा अस्तित्व कायम गर्न हाडविहीन मुलायम मांसपेशीद्वारा निर्मित यो संवेदनशील जिब्रोको अत्यन्तै महत्व छ । जनावर, चराचुरुङ्गीका पनि जिब्रो त हुन्छन्, तर मानिसको जस्तो संवेदनशील र बहुप्रभावि जिब्रो भने हुदैनन् । “जिब्रो महिमा” को सन्दर्भमा, यसको महत्त्व तथा उचित प्रयोग निकै महत्त्वपूर्ण छ । यो केवल स्वाद चाख्ने साधन मात्र होइन, हाम्रो विचार, भावना, संवेदना शब्द, गीत, संगितको भाव शब्द मार्फत व्यक्त गर्ने सशक्त माध्यम पनि हो । जसले मानिसलाई सबैभन्दा उन्नत प्राणीको दर्जामा राख्न समेत मद्धत पुर्याएको देखिन्छ ।

जिब्रोको बहुआयामिकता मध्ये मिठासपूर्ण जिब्रो, स्वादे जिब्रो, अनुशासन र संयममताको जिब्रो, उच्छृङ्खल जिब्रो, साङ्गीतिक जादुमय जिब्रो… आदि, इत्यादी । बढी मात्रामा प्राकृत प्रदत्त गुण र विशेषतायुक्त जिब्रोको प्रयोगलाई निरन्तर प्रयास, सकारात्मक सङ्गतको प्रभाव, वातावरण, अवस्था, बुद्धि, विवेक, ज्ञानले लैसगरि यसको विशेषतामा समयानुकूल परिवर्तन गर्न सकिने कुरा प्रयोग र अनुसन्धानले चरितार्थ पारेका छन् ।

मानिस पिच्छेको रुप, रङ्गढङ्ग, आकार प्रकार, स्वभाव, प्रभाव फरक फरक भए जस्तै हरेक मानिसको जिब्रो पनि फरक खालेनै हुन्छन् । जन्मजातनै कोहि बाक्लो र लठेब्रे जिब्रोवाला हुन्छन् त कोही पातलो जिब्रोवाला । कोहि लाटो जिब्रोवाला हुन्छन् त कोही फितलो तर तिखो जिब्रोवाला हुन्छन् । कोही रातो जिब्रोवाला त कोही कालो जिब्रोवाला, जसलाई बोक्से जिब्रो पनि भनिन्छ । तर स्वभावले कोहि चिप्लो जिब्रोवाला हुन्छन् भने कोहि पिपलपाते र दुइजिब्रेवाला पनि हुन्छन् । जे भए पनि जिब्रोकै कारण धेरै मानिसले विविध उपनाम समेत व्यहोर्नु परेको छ, दुइजिब्रे, खुराफाती, बोक्सो समेत बनेर । तसर्थ जिब्रोको कारण मान्छेको पहिचानमै असर पर्ने भएकोले सकेसम्म प्राकृत जिब्रो पनि कृत्रिमताको मापदण्ड अन्तर्गत लेखाजोखा गर्दै समयानुकूल सुधार र परिवर्तन गर्नुपर्ने देखिन्छ । विशेषगरी राजनीतिक, प्राज्ञिक, सामाजिक क्षेत्रमा घुलमिल हुनको लागि प्राकृतिक जिब्रोमा पनि आवस्यक र समसामयिक चेतले सुधार गर्दै आवश्यकता अनुरुप लगाम लगाउन समेत आवश्यक हुन्छ ।

एक अद्भूत अङ्ग जस्ले जीवनको पर्यावरणमा नयाँ तथा रोचक ध्वनि र स्वाद तथा अनुभव र प्रभाव प्रदान गर्छ, त्यो जिब्रो हो । अनुमान गरौँ त ? यदि जिब्रो नहुने हो भने बोलचालको अस्तित्व के कस्तो हुन्थ्यो होला ? विचारको विनिमय कस्तो हुन्थ्यो होला ? स्वादको विभिन्नताले के फरक पार्थ्यो होला ? स्वादनै थाहा नभएपछि आकर्षण र लोभले कसरी तान्थ्यो होला ? “जहाँ गुलियो उहीँ रामे भुलियो…” बन्ने लोकोक्ति कसरी प्रसिद्ध हुने थियो होला ? नूनको लागि भएका विद्रोह, सङ्घर्ष र युद्धको के अर्थ रहन्थ्यो होला ? मीठो खाद्य पदार्थको भण्डारण र त्यसैको सेरोफेरोमा भएका छिनाझपटिको कथामा के अर्थ र महत्व हुने थियो होला ? आफ्नै खाले मौलिक स्वाद र सन्तुष्टिका कथाहरू किन लेखिने थियो होला ? त्यसकै परिवेशमा उत्पादनको विविधता र विकासको सम्भावना हुने थियो कि थिएन होला ? यावत् कुराहरूको जिज्ञासा एवं प्रश्नोत्तरको ज्ञान समेत हुनेथियो कि थिएन, जिकिर गर्न सकिने अवस्था समेत हुने थिएन होला कि ? यतिकै अनुमान गर्न तथ्याङ्कशास्त्रको “हाइपोथेसिस” सारा मानवले जबर्जस्ती अध्ययन गर्नु पर्ने हुन्थ्यो कि ?

अनुमान गरौँ, यदि मानिसको जिब्रो नभैदिएको भए चराको चिरिबिरी भाषामा गीत गाइन्थ्यो होला कि ? या हुँडारको भाषामा हाँसिन्थ्यो होला कि ? गोहीको या पप्पीको भाषामा रोइन्थ्यो होला… जङ्गली शिकारी हिंस्रकको गर्जनमा आक्रमक होइन्थ्यो होला या निरीह मृग पाठोको जस्तै कारुणिक आर्तनाद हुन्थ्यो होला…? समग्रमा मान्छेको अस्तित्वमाथि नै प्रश्नचिन्ह उठ्न सक्थ्यो होला ? यतिका प्रश्न गर्न सक्ने सक्षमता पनि यही जिब्रोको अनुभवले प्रदान गरेको कटु सापेक्ष अनुभवले मात्र हो, नत्र निरपेक्षताभित्र सापेक्षताको अनुमान शून्य मात्रको गणित बराबर हुन्थ्यो होला कि ? यो एक अल्पज्ञानीको जिज्ञासा मात्र हो है ।

जे सुकै भने पनि जिब्रो मानव शरिरको अद्भूत अङ्ग हो । तथापि यसको सञ्चालन भने उसको मस्तिष्क र हृदयमा अन्तर्निहित चेतनशील बुद्धि, ज्ञान, विवेक भावको परिधिले सृजना र विकास गरेका माया, प्रेम, सद्भाव, मानवता, धर्म, निष्ठा, आशा, त्याग, घमण्ड, दया, क्षमा, काम, क्रोध, लोभ, मोह… जस्ता अवयवहरूको परिधिमा सम्मोहित हुने गर्छन्, र यस्का काम, कर्तव्य तथा अधिकारका सीमारेखाहरू निर्धारण हुन्छन् ।

“शब्दमानै मान, सम्मान, मेहमानको सान हुन्छ
मृदुभाषी वाणी भित्रै ज्ञान, धर्म, स्वाभिमान हुन्छ
सम्झौताको अल्पविराम, नरम, गरम सङ्घर्षका
जिब्रे हठमै सत्रु बस्छ, उच्छृङ्खलताले अभिमान हुन्छ ।”

सवेरिको जिब्रोले चाखेका मीठा फल चढाउँदा भगवान राम प्रसन्न भै उनको सबै पाप नाश भएको प्रसङ्गदेखि द्रौपदीका कटु वाक्यका प्रहारले क्रोध भएका दुर्योधनको कारण पनि महाभारत युद्ध भड्कन गएको, भन्ने सम्मका कुराहरूले जिब्रोको सकारात्मक र नकारात्मक उपयोगको प्रसङ्ग भने रोचकनै छ । कुटनैतिक जिब्रोले राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न मद्धत पुग्छ भने अनैतिक र उपद्रववाला दुइजिब्रेले गर्दा विद्यमान सम्बन्ध पनि कटुभै शत्रुतापूर्ण सम्बन्धमा परिणत भएको कुरा हाम्रै राजनैतिक नेतृत्व तथा बेप्रसङ्गका उखानटुक्के जिब्रोको करामतले देखिएको प्रभावले राष्ट्र आक्रान्त भएको हामीले भोगिरहेको प्रसङ्ग पनि हो । कोही आवश्यक कुरा पनि बोल्दै नबोल्ने, कोही चाहेर पनि बोल्नै नसक्ने, कोही अनावश्यक र अचाक्ली बोल्ने गर्नाले पनि हितको साटो अहित हुने गरेको कुरा भोगिरहेकै तितो सत्य हो । चुँडेर पातमा राख्नुपर्ने खाले अराजक जिब्रो नथेगिँदा घर डामाडोल हुन्छ । अझ राष्ट्रकै अभिभावकहरूको अल्पजिब्रे, अतिजिब्रे हर्कतले राष्ट्रनै बर्बादीमा जानसक्छ । अहिलेको खरनाक महारोगनै त्यही हो । त्यसैले भन्न मन लाग्छ…
“नबुझ्नेले जिब्रो फट्कार्नु भन्दा टाउको हल्लाउनु
नचाहिँदो गतिशीलता भन्दा त्यसै अलमलाउनु
शब्दवाणका प्रचुरताले जलाउँछ सारा भविष्यनै
घिच्दै बस्नु, पेट फुट्ने गरी बरू मुर्तिझैँ नडग्मगाउनु ।”

बुझ्नेलाई भारी, नबुझ्नेलाई हनुमन्ते पारी भन्छन्, सन्तुलित जिब्रेहरू सबैको जय होस् …!
अस्तु…!!!

०००
आलापोट, काठमाडौं

Subscribe
Notify of
guest

6 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Rehit
Rehit
1 year ago

गजब, जिब्रो महिमा उत्कृष्ट।

kumar bahadur khadka
kumar bahadur khadka
1 year ago
Reply to  Rehit

धन्यवाद

गाैतम भण्डारी
गाैतम भण्डारी
1 year ago

अत्यन्तै राम्रो लेखन , कुमार जी लाई बधाई छ

kumar bahadur khadka
kumar bahadur khadka
1 year ago

धन्यवाद मित्र 😀🙏

युगल बसेल
युगल बसेल
1 year ago

तारिफमा ३ धार्निको टाउको हल्लाउनुभन्दा ३ तोलाको जिभ्रो फड्कार्नु बेस होला

kumar khadka
kumar khadka
1 year ago

हो नि है ? प्रसङ्ग मिलाउने निकै कुराहरु छुटेछन् ! फेरि लेख्दा समावेश गर्ने प्रयास गर्छु हजुर ! धन्यवाद 🙏

Nepal Telecom ad
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
तीन ठोक्तक

तीन ठोक्तक

कुमार खड्का
निर्वाचन

निर्वाचन

कुमार खड्का
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
6
0
Would love your thoughts, please comment.x
()
x