गाेपालप्रसाद दाहालकिन्दिएँ सर्वहारा
अर्बौं खाँदै घर मुलुकको बेच्नथालेँ किनारा झुक्क्याएँ ती गरिब सहजै किन्दिएँ सर्वहारा ॥ मेरो साम्ने वरपर कुनै छैन एकै विरोधी उन्माद् मेरो गिरिशिला उँचो रोक्न सक्दैन कोही ॥

गोपालप्रसाद दाहाल :
देख्दा सत्ता कुनियत गरेँ बुद्धि मेरो हराई
पापी पैसा प्रभु चरणमा चित्त भेटी चढाई ॥
हत्या हिंसा छल कपटले ठग्नथालेँ रमाई
पैसाले नै पद किनिलिएँ धेर चन्दा उठाई ॥
अर्बौं खाँदै घर मुलुकको बेच्नथालेँ किनारा
झुक्क्याएँ ती गरिब सहजै किन्दिएँ सर्वहारा ॥
मेरो साम्ने वरपर कुनै छैन एकै विरोधी
उन्माद् मेरो गिरिशिला उँचो रोक्न सक्दैन कोही ॥
टुप्पो पुग्दा निहुरिन गई झर्नुपर्ने सबैले
भ्रष्टाचारी ठगहरु सबै चिन्नथाले सबैले ॥
धोका मैले कति अति दिएँ स्वार्थता निम्ति जानी
लाग्यो ऐले शरम मनमा ग्लानि बन्यो बिहानी। ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest







































