साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काला मान्छे

चिप्लो बोली विप्रिय छ सधैँ सत्यता नै गुमाई आफ्नो पेवा हकहित ठुलो ठान्छ सत्ता समाई मान्दैनन् ती नियम नि कुनै ऐन मिच्नै सिपालु काला मान्छे प्रमुख बनिए नाइके नै छ भालु ।

Nepal Telecom ad

गोपालप्रसाद दाहाल :

बन्दा भोकै पर नजिक भो रोजगारी छ खास
बाटाघाटा रनबन सबै शून्यताको छ बास
बेची दिन्छन् युवक सब ती देश नाङ्गो बनाई
काला मान्छे दिन दिन यहाँ चुस्नथाले रमाई ।१

कान्ला बारी पर मुलुकभो गुम्न जाँदा जवानी
यस्तो बेला मन बहकिने साथ खोज्दै बिहानी
सेवा छैनन् खुरुखुरु लुटी राज्य कम्जोर पार्ने
काला मान्छे विविध रङका छैन कोही सपार्ने ।२

काला मान्छे मुलुक जनता ढुक्कले ठग्नथाले
जिम्मेवारी बरु सहजले जन्तुले गर्न थाले
देख्दा चोक्टा कुकुर बरु त्यो र्‍याल काड्दैन जस्तो
पापी मान्छे अलिकति दया गर्न सक्दैन कस्तो ।३

चिप्लो बोली विप्रिय छ सधैँ सत्यता नै गुमाई
आफ्नो पेवा हकहित ठुलो ठान्छ सत्ता समाई
मान्दैनन् ती नियम नि कुनै ऐन मिच्नै सिपालु
काला मान्छे प्रमुख बनिए नाइके नै छ भालु ।४

०००
दमक-५, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
गाेपालप्रसाद दाहाल
गाेपालप्रसाद दाहाल
1 year ago

मेराे कविता” काला मान्छे” शीर्षककाे प्रकाशन गरिदिनु भएकाेमा फित्कौली परिवार र रेहितबावुलाई म धेरै धेरै धन्यवाद प्रदान गर्दछु।जय फित्कौली।

Nepal Telecom ad
कर्मरेखा बिराएँ

कर्मरेखा बिराएँ

गाेपालप्रसाद दाहाल
किन्दिएँ सर्वहारा

किन्दिएँ सर्वहारा

गाेपालप्रसाद दाहाल
चिहानको आवाज

चिहानको आवाज

गाेपालप्रसाद दाहाल
लक्ष्मीका कृति

लक्ष्मीका कृति

गाेपालप्रसाद दाहाल
छतमाथि बाढी चढ्दा

छतमाथि बाढी चढ्दा

गाेपालप्रसाद दाहाल
भए देश सिङ्गो म बाँच्नेछु

भए देश सिङ्गो म...

गाेपालप्रसाद दाहाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
1
0
Would love your thoughts, please comment.x
()
x