साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिहारको पूजा

त्यत्तिकैमा एकजनाले भन्यो आज काग कुकुरको पूजा गरेको होला भनेको त देशका पचास जना जति उच्च नेताहरूको तस्बिरमा पो पूजा गरेको रहेछ ।

Nepal Telecom ad

रामकृष्ण ढकाल :

शङ्खलाल हुइँया बजार गएर झन्डै ३ घण्टा जतिको दौडधुप पश्चात् केही पत्रिकाहरूको एउटा मुठो बोकेर घर आयो । भोलिपल्ट ती पत्रिकाहरू राम्रोसँग केलायो र केही तस्वीरहरू कैँचीले काटेर छुट्ट्यायो । ती तस्बिरहरूलाई एउटा पानी कागतको मैलो नलागेको थैलोमा जतन साथ राख्यो । बाँकी पत्रिका अन्तै राख्यो ।

केहिदिनपछि फूलको र बत्तीको रौनकले संसार ढाक्दै तिहार आयो । कोही काग खोज्न लागे कोही कुकुर बोलाउन । काग र कुकुर पुज्नेले जस्तै गरी शङ्खलालले पनि पूजा सामग्रीहरू जम्मा गर्‍यो तर आफ्नै पाराले । केही सामग्री भने अरुको भन्दा फरक थिए ।

शङ्खलालले रछ्यानतिरबाट अलिकति फोहोर ल्यायो र आँगनको एक छेउमा पोख्यो । त्यसमा केही सानासाना छेस्का झिँजाहरू गाड्यो । अब ती पत्रिकाबाट काटेर निकालिएका तस्बिरहरू अडेस लगाएर ठड्यायो । तिनमा थोत्रा जुत्ता चप्पलको माला लगाइदियो । केही गोबर ल्याएर तस्बिरका अगाडि राखिदियो ।

जब बिहानको खाना खाएर वरपरका छिमेकीहरू आफ्नो आफ्नो काममा यताउता जानलागे तब उनीहरूले बाटोमा हिँड्दै गर्दा शङ्खलालको आँगनतिर यस्सो आँखा पुर्‍याएका त अनौठो दृश्य देखे । एकछिनपछि छरछिमेकका करिब तिनदर्जन जति मनुवाहरू त्यहाँ जम्मा भएर रमिता हेरे झैं गर्दै थिए । त्यत्तिकैमा एकजनाले भन्यो आज काग कुकुरको पूजा गरेको होला भनेको त देशका पचास जना जति उच्च नेताहरूको तस्बिरमा पो पूजा गरेको रहेछ ।

अर्कोले भन्यो यस्तो तरिकाको पूजा त तस्बिरमा होइन साँच्चिकै नेताहरूलाई पो गर्नुपर्ने भएको छ त ! त्यो कुराले जम्मा भएका सबै रमितेको अनुहारमा मन्द हाँसो उत्पन्न गरायो । विरोधी स्वर कसैको आएन !?

०००
रत्ननगर, चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
बिऊ

बिऊ

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x