साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखाको भाषा

मन खिन्न बनाएर म उठेँ । अघिदेखि कुरा सुनिरहेका पसलेले भने; “यही स्कुलको गेटमा यिनकै आँखासामु यी बुढाको नातिलाई स्कुल बसले किचेर ठहरै पारेको थियो ।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“तपाईं दिनभरि यही गेट कुर्नुहुन्छ अनि छुट्टीको घण्टी बज्नासाथ रित्तो हात हतारहतार फर्कनुहुन्छ ।” सधैँ एकनासे जीवनशैली अपनाएको देखेर आज मैले मुख खोलेँ ।

मेरो भनाइले उहाँसामु परोक्षरूपमा जिज्ञासाको भारी बिसाएको थियो । उहाँको ओठ खुलिरहेको थिएन तर आँखाहरू बोलिरहेका थिए । आँसुको दहमा दुबै नानीहरू चुर्लुम्म डुबेका थिए ।

“माफ गर्नुस् । मैले तपाईंको आँखाको भाषा र भाका बुझ्न सकिनँ ।” मैले अनभिज्ञता दर्साएँ ।
“जीवनमा भारी एक्लै बोक्नुपर्छ । बोक्न सक्ने जिउँछ, नसक्ने दलदलमा भासिन्छ । म पाखा उत्रन यहाँ आउँछु !” बल्लतल्ल उनले मुख खोले ।

“समस्याको भारी नबिसाई चयन पाइन्न ।” समस्याको गाँठो फुकाऊन् भन्ने आशयले मैले भनेँ ।
फटाफट विद्यार्थीहरू निस्कन थाले । कुनै प्रतिक्रिया नजनाई उनी बाटो लागे । मेरो प्रश्न भोकभोकै रह्यो ।

मन खिन्न बनाएर म उठेँ । अघिदेखि कुरा सुनिरहेका पसलेले भने; “यही स्कुलको गेटमा यिनकै आँखासामु यी बुढाको नातिलाई स्कुल बसले किचेर ठहरै पारेको थियो ।”

०००
एनेलकुटी, सिरहा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
पाको मान्छेका तथ्य कुरा बुझौँ

पाको मान्छेका तथ्य कुरा...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा अलमल !

पाका मान्छेमा अलमल !

डा. मुकेशकुमार चालिसे
हामी हेपिने मान्छे हो र ?

हामी हेपिने मान्छे हो...

डा. मुकेशकुमार चालिसे
0
Would love your thoughts, please comment.x
()
x