आँखाको भाषा
मन खिन्न बनाएर म उठेँ । अघिदेखि कुरा सुनिरहेका पसलेले भने; “यही स्कुलको गेटमा यिनकै आँखासामु यी बुढाको नातिलाई स्कुल बसले किचेर ठहरै पारेको थियो ।”
नन्दलाल आचार्य :
“तपाईं दिनभरि यही गेट कुर्नुहुन्छ अनि छुट्टीको घण्टी बज्नासाथ रित्तो हात हतारहतार फर्कनुहुन्छ ।” सधैँ एकनासे जीवनशैली अपनाएको देखेर आज मैले मुख खोलेँ ।
मेरो भनाइले उहाँसामु परोक्षरूपमा जिज्ञासाको भारी बिसाएको थियो । उहाँको ओठ खुलिरहेको थिएन तर आँखाहरू बोलिरहेका थिए । आँसुको दहमा दुबै नानीहरू चुर्लुम्म डुबेका थिए ।
“माफ गर्नुस् । मैले तपाईंको आँखाको भाषा र भाका बुझ्न सकिनँ ।” मैले अनभिज्ञता दर्साएँ ।
“जीवनमा भारी एक्लै बोक्नुपर्छ । बोक्न सक्ने जिउँछ, नसक्ने दलदलमा भासिन्छ । म पाखा उत्रन यहाँ आउँछु !” बल्लतल्ल उनले मुख खोले ।
“समस्याको भारी नबिसाई चयन पाइन्न ।” समस्याको गाँठो फुकाऊन् भन्ने आशयले मैले भनेँ ।
फटाफट विद्यार्थीहरू निस्कन थाले । कुनै प्रतिक्रिया नजनाई उनी बाटो लागे । मेरो प्रश्न भोकभोकै रह्यो ।
मन खिन्न बनाएर म उठेँ । अघिदेखि कुरा सुनिरहेका पसलेले भने; “यही स्कुलको गेटमा यिनकै आँखासामु यी बुढाको नातिलाई स्कुल बसले किचेर ठहरै पारेको थियो ।”
०००
एनेलकुटी, सिरहा
Subscribe
Login
0 Comments
Oldest