साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मीका कृति

दाडिमकाे रूख नेर हो एक प्रसिद्ध प्रबन्ध लक्ष्मी निबन्ध सङ्ग्रह लेखी चलाए सुगन्ध समालोचना स्रष्टा र द्रष्टा हुन् परिवेशमा नेपाली भाषा सेवक बने नेपाली भेषमा ॥

Nepal Telecom ad

गोपालप्रसाद दाहाल :

लक्ष्मीका कृति बयान गर्छु ती नाम बटुली
पढेर हामी विद्वान बनौं सबैले नभुली
कविता काव्य र खण्डकाव्य साहित्य निश्छली
गाइने गीत कुञ्जिनी लूनी भिखारी पुतली ॥१

ती शकुन्तला दुष्यन्त भेट रावण- जटायु
बनेर आशु कविजी लेख्ने कलम त्यो वायु
छ कृषिबाला सीताहरण सुनको बिहान
लक्ष्मीको देन असाध्य धेरै उनी छन् महान ॥२

राजकुमार प्रभाखर छन् लक्ष्मी गीत् सङ्ग्रह
उद्देश्य ठुलो उडेर छुने चन्द्रमा ती ग्रह
मुनामदन म्हेन्दु नै रहे लक्ष्मीका रचना
देवकोटाका कविता सबै रसिला कपना ॥३

एउटा चम्पा उपन्यास् कृति रचना गरेछन्
त्यो लक्ष्मी कथा सङ्ग्रह पनि कलाले भरेछन्
छन्दको नदी छ शाकुन्तल रसको मुहान
हो महाकाव्य वनकुसुम पृथ्वीराज् चौहान ॥४

छन् सुलोचना पढेर हामी बनौंन बुध्दिमान्
नाटक एक लक्ष्मीले रचे सावित्री सत्यवान्
निबन्ध तीन सङ्ग्रह रहे लोकमा दिएका
जीवन सादा विचार उच्च लक्ष्मीले लिएका ॥५

दाडिम्को रूख नेर हो एक प्रसिद्ध प्रबन्ध
लक्ष्मी निबन्ध सङ्ग्रह लेखी चलाए सुगन्ध
समालोचना स्रष्टा र द्रष्टा हुन् परिवेशमा
नेपाली भाषा सेवक बने नेपाली भेषमा ॥६

लक्ष्मीको पूजा गरेकै दिन धर्तीमा अ‍ौतार
हौ सरस्वती रूपका लक्ष्मी ज्ञानका भण्डार
तिम्रो त्यो गला रङ्गाई माला रचना बाचौँला
श्रध्दा र भक्ति गर्दछौं हामी जोडेर यी औँला ॥७

०००
दमक-५, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कर्मरेखा बिराएँ

कर्मरेखा बिराएँ

गाेपालप्रसाद दाहाल
किन्दिएँ सर्वहारा

किन्दिएँ सर्वहारा

गाेपालप्रसाद दाहाल
चिहानको आवाज

चिहानको आवाज

गाेपालप्रसाद दाहाल
काला मान्छे

काला मान्छे

गाेपालप्रसाद दाहाल
छतमाथि बाढी चढ्दा

छतमाथि बाढी चढ्दा

गाेपालप्रसाद दाहाल
भए देश सिङ्गो म बाँच्नेछु

भए देश सिङ्गो म...

गाेपालप्रसाद दाहाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x