साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ही ही हः, ही ही हः

कथानक सरल भए तापनि स्थानीय कथ्य भाषाको प्रयोग, चुट्किलो संवाद, स्वाभाविकता र सरलताले गर्दा एकाङ्की निकै रोचक भएको छ । यो एकाङ्की हास्यपूर्ण, व्यङ्ग्यात्मक, शिक्षाप्रद छ ।

Nepal Telecom ad

चूडामणि बन्धु :

 देवकोटाले गाईजात्राका अवसरमा प्रहसन र सुधारवादी नाटकहरू लेख्दै आएको कुरा हामीले ठाउँ-ठाउँमा गरेका थियौँ । गाईजात्रा नेपालको रमाइलो चाड हो । नेपालीहरूले यस दिनमा आफ्ना व्यङ्ग्यात्मक अभिव्यक्ति बढी निर्भीकतापूर्वक प्रकट गर्दै आएका छन् । २००१ साल असोज ६ गते उनले ‘जमामर्द बुहारी’ नामक प्रहसन लेखेको देखिन्छ । यो गाईजात्राका अवसरमा लेखिएको थियो । यस्तै ’अमर प्रेम’ शीर्षक एउटा नाटक पनि अपूर्ण रूपमा उपलब्ध छ । यसको रचनाकाल भने बाहा छैन ।

यसै समय लेखिएको एउटा एकादी ‘शिक्षाको चमत्कार’ (पारिजात १ः१, २०३०) प्रकाशित छ । जम्मा नौ दृश्यहरूमा पूरा गरिएको यो एकाङ्की सुधारात्मक र हास्यरसले भरिएको छ । बत्तीसपुतलीको सडकमा पन्ध्र-सोह्र वर्षका राम र श्यामे नामका दुई केटा पढेलेखेमा मन्तरी हुन पाइने हुनाले चोरेर भए पनि पढ्न जाऔँ भनी सल्लाह गर्छन् । सुब्बासाहेबले घूसका रूपमा लिएको पचास तोलाको सुनको थाल चोरेर फर्कँदा रामे भाग्न सफल हुन्छ, तर श्यामे पक्डिन्छ । पुलिसले समातेर कोर्रा लगाउँछन् र सत्यप्रसाद नामका एक भलादमी आएर श्यामेका पक्षमा सुब्बासँग कानुनी ढङ्गले बहस गर्छन् । तर श्यामे झ्यालखानमा जाकिन्छ । रामे कलकत्ता पुग्छ । ऊ सरस्वतीको मन्त्र जपेर अनि इच्छाशक्तिको विकास गरेर परिश्रमसाथ पढी चारै वर्षमा एम.ए. गरेर अर्को वर्ष बी.एल. गरी स्वदेश फर्कन्छ र प्रजातन्त्र सङ्ग्राममा लाग्छ ।

यता रामेका बाबु शिवभक्त र आमा भ्याउँकिरी कुरा गर्छन् । रामेले घर छोडेको छ वर्ष भइसक्यो । श्यामेले झ्यालखाना कुरिरहेछ । सत्यप्रसाद आएर जुम्रा नमार भन्दै ती बूढाबूढीहरूलाई सफासुग्घर हुन शिक्षा दिन्छन् । उनले तिनीहरूलाई निकै सहयोग गरेका थिए । शिवभक्त भन्छन्- “यिनी जस्ता मान्छे लीडर भा भे नेपाल पो किन बिग्रन्थ्यो ?“ सत्यप्रसाद रामवहादुरलाई कलकत्तामा कसैले देखेको कुरा बताउँछन् । बूढाबूढी छोरो झिकाइदिनोस् भन्छन्, सत्यप्रसादले हुन्छ झिकाइदिउँला भनी उनीहरूलाई सान्त्वना दिन्छन् र भोजमा लैजान्छन् ।

छैटौँ दृश्यमा गधाको टाउको बनाएको साधु ‘ही ही हः’ भन्दै प्रवेश गर्छ र दर्शकलाई हँसाउँछ । अर्को दृश्यमा श्यामे जुवा खेल्छ । झगडा गर्दा श्यामेले ढ्वाँगेलाई चुप्पीले बजाउँछ, उसलाई गोलघरमा हालिन्छ । आकाशमा चिलगाडी कराउँछ । शिवभक्तकै घरतिर झण्डावाल कारमा झण्डा हल्लाउँदै मन्त्री आउँछन् । मन्त्री रामबहादुर नै रहेछ- श्यामेको साथी । श्यामे पनि त्यहीँ आइपुग्छ । रामे श्यामेलाई “तिमी होइन, म चोर थिएँ” भन्छ । ती दुवैमा देखिएको आकाश-जमिनको अन्तर देखाउँदै “बस, यही हो शिक्षाको चमत्कार” भनेर एकाङ्की समाप्त गरिन्छ ।

कथानक सरल भए तापनि स्थानीय कथ्य भाषाको प्रयोग, चुट्किलो संवाद, स्वाभाविकता र सरलताले गर्दा एकाङ्की निकै रोचक भएको छ । यो एकाङ्की हास्यपूर्ण, व्यङ्ग्यात्मक, शिक्षाप्रद छ । यसको रचना कहिले भयो भन्ने कुरा थाहा हुन सकेको छैन । यसै एकाङ्कीमा पनि ‘मानव सभ्यताउपर गधाको आलोचना’ र ‘गधा बोल्खाया व्यक्त गरिएका भाव परेकाले र ‘मन्त्री’, ‘प्रजातन्त्र सङ्ग्राम’ तथा र ‘लीडर’ शब्दान पनि देखिएकाले यो २००७ पछि लेखियो होला भनेर अनुमान गर्न सकिन्छ ।

०००
‘देवकोटा’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x