साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भए देश सिङ्गो म बाँच्नेछु

पहाडी धरामा उदायो बिहानी गए देश नौलो म फिर्नेछु जानी सिकी ज्ञान धेरै सधैँ गर्छु सेवा गरी कर्म आफैँ म खानेछु मेवा ॥

Nepal Telecom ad

गोपाल दाहाल :

छ यो देश मेरो सधैँ प्यार गर्ने
मलाई यसैले सदा प्राण भर्ने
म जन्मेँ यसैमा हिमाली धरा यो
सिकेँ ज्ञान मैले छ माता सरी यो ॥१

मिठो अन्न पानी दिएरै बचाई
सधैँ ढोग्छु माता पुजी पाउलाई
यहीँ गर्छु सेवा इमानी बनेर
छ नेपाल मेरो सुनौलो भनेर ॥२

बगेको छ खोलो सरी भित्र छायाँ
तिमी प्रीत छर्ने अनौठो छ माया
म टाढा नजाने छ संस्कार मेरो
गरी बस्छु सेवा त पाखा पखेरो ॥३

पहाडी धरामा उदायो बिहानी
गए देश नौलो म फिर्नेछु जानी
सिकी ज्ञान धेरै सधैँ गर्छु सेवा
गरी कर्म आफैँ म खानेछु मेवा ॥४

सधैँ चस्स घोच्ने बिझाए कसैले
भए देश सिङ्गो म बाँच्नेछु जैले
सदा प्राण भन्दा छ प्यारो मलाई
बचाई सधैँ यो म मर्नेछु भाइ ॥५

०००
दमक ५, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कर्मरेखा बिराएँ

कर्मरेखा बिराएँ

गाेपालप्रसाद दाहाल
किन्दिएँ सर्वहारा

किन्दिएँ सर्वहारा

गाेपालप्रसाद दाहाल
चिहानको आवाज

चिहानको आवाज

गाेपालप्रसाद दाहाल
काला मान्छे

काला मान्छे

गाेपालप्रसाद दाहाल
लक्ष्मीका कृति

लक्ष्मीका कृति

गाेपालप्रसाद दाहाल
छतमाथि बाढी चढ्दा

छतमाथि बाढी चढ्दा

गाेपालप्रसाद दाहाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x