साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिहानको आवाज

हुन त चिहानले तिमीलाई भोट दिन पनि त सक्दैन त्यसैले त हाम्रो चिहानलाई उखेलेर फाली गौचरन बनायौ धन्य छौ राजनेता ! तिमी यस्तै काम गर्दै जाऊ तिम्रो विजय सुनिश्चित छ ।

Nepal Telecom ad

गोपालप्रसाद दाहाल :

भो तिमी नडराऊ !
हाम्रा चिहानहरू भत्काएर
किनभने हाम्रा चिहानमाथि
तिमीले रङ्गशाला बनाइसक्यौ
तिमी बहादुर छौ ।

हाम्रा भावनामाथि खेल्न
सामूहिक चिहानहरू भत्काएर
हाम्रो अस्तित्वलाई नामेट पार्न
हाम्रा सन्ततिहरू
तिमीलाई चाहिँदैन
उनीहरूको मत तिमीलाई
आवश्यकता नै पर्दैन
किनभने तिमी जातीय राजनीति नै गर्दैनौ
बरू हाम्रा करङहरू पन्छाएर
हाम्रा चिहानहरूमाथि राजनीति नगरी
आदिवासी रङ्गशाला नाम राख्नु भन्दा
तिमी अर्कै ठाउँमा नयाँ नामको
रङ्गशाला बनाउने घोषणा गरी
आफ्नो बहादुरी देखाउँछौ
सामाजिक सद्भाव भड्काउन पछि पर्दैनौ
त्यसैले त तिमी राजनेता हौ ।

चिहानको आवाज सुन्न तिमीलाई फुर्सदै छैन
चुनाव आएपछि मात्र तिमी
चिहानमा गएर रोई रोई
पूर्वजका सन्ततिहरूलाई
छक्याएर गोहीका आँसु झार्दै
भोट माग्छौ ।

हुन त चिहानले तिमीलाई
भोट दिन पनि त सक्दैन
त्यसैले त हाम्रो चिहानलाई
उखेलेर फाली गौचरन बनायौ
धन्य छौ राजनेता !
तिमी यस्तै काम गर्दै जाऊ
तिम्रो विजय सुनिश्चित छ
किनभने,
चिहानबाट उठेर हामी
तिमीलाई मत खसाल्न
अवश्यै आउनेछौँ र तिमीलाई पनि
चिहानमै ल्याउने छौँ
अनि हाम्रो साथी बनाउने छौँ ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कर्मरेखा बिराएँ

कर्मरेखा बिराएँ

गाेपालप्रसाद दाहाल
किन्दिएँ सर्वहारा

किन्दिएँ सर्वहारा

गाेपालप्रसाद दाहाल
काला मान्छे

काला मान्छे

गाेपालप्रसाद दाहाल
लक्ष्मीका कृति

लक्ष्मीका कृति

गाेपालप्रसाद दाहाल
छतमाथि बाढी चढ्दा

छतमाथि बाढी चढ्दा

गाेपालप्रसाद दाहाल
भए देश सिङ्गो म बाँच्नेछु

भए देश सिङ्गो म...

गाेपालप्रसाद दाहाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x