साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मरेखा बिराएँ

मीठो खाने पुलकित भई गीत गाई रमाई आफ्नै माटो मलजल गरी अन्नबाली लगाई खेल्दै मेरो बन चउरमा आफ्नु भाका निकाली सेवा गर्दै मुलुक जननी दम्भ दुर्भाव फाली ॥

Nepal Telecom ad

गोपाल दाहाल :

मेचीकाली नयन बिचमा राख्न मैले चुकेको
मैले मेरै मुलुक पनि यो छैन चिन्नै सकेको
खानी धेरै नुन सुन यहाँ खोज्न बाँकी पखेरो
हेर्ने आँखा श्रवण दिल यो सोच कम्जोर मेरो ।

पाल्छिन् आमा सरह धरणी अन्नपानी खुवाई
सेवा मेरो अति कम भयो देश नेपाललाई
हिँड्दै जाँदा सब पथ भुली कर्मरेखा बिराएँ
देऊ माफी गुरु र जननी शून्यतामा हराएँ ॥२

मेरा बाले परिश्रम गरी फूलबारी सजाई
आमा मेरी चरण तुलसी पुज्नु हुन्थ्यो रमाई
बारी खोल्सा रन बन सबै आयको स्रोत हुन्थ्यो
सुख्खा पाखा मधुर रसिला पाखुरीले बनिन्थ्यो॥३

मीठो खाने पुलकित भई गीत गाई रमाई
आफ्नै माटो मलजल गरी अन्नबाली लगाई
खेल्दै मेरो बन चउरमा आफ्नु भाका निकाली
सेवा गर्दै मुलुक जननी दम्भ दुर्भाव फाली ॥४

झर्रो बोली वचन प्रिय ती आफ्नु भाषा बचाई
फिर्ने आफ्नै घर महलमा बस्नलाई रमाई
फर्की आएँ अब शरणमा हात जोड्दैछु माई
झण्डा मेरो शिर उपरमा चन्द्र सूर्यै सजाई ॥५

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन्दिएँ सर्वहारा

किन्दिएँ सर्वहारा

गाेपालप्रसाद दाहाल
चिहानको आवाज

चिहानको आवाज

गाेपालप्रसाद दाहाल
काला मान्छे

काला मान्छे

गाेपालप्रसाद दाहाल
लक्ष्मीका कृति

लक्ष्मीका कृति

गाेपालप्रसाद दाहाल
छतमाथि बाढी चढ्दा

छतमाथि बाढी चढ्दा

गाेपालप्रसाद दाहाल
भए देश सिङ्गो म बाँच्नेछु

भए देश सिङ्गो म...

गाेपालप्रसाद दाहाल
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x