सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अन्योल परेका गफ !

बोल्ने कुरादेखि नबोल्ने कुरासम्मका कुरा भइसक्दा पनि काम भएको छैन । बेइमानीका हद पुगेका कैयौँ व्यक्ति मन्त्री भइसक्दा पनि इमान र जमानमा बस्नेको कामको कुरै छैन ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश – मि. झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि – चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ ।सम्पादक

कुहिराको काग
तुम्लिङ जान बल्ल-बल्ल हिँडेको हावाजहाज आधा घन्टाजति मधेशको कुहिरो लागेको अकाशमा उडेर जहाँको तहीँ विराटनगरमा ओर्लियो । यतिखेर गफडीले के सोच्यो भने यो जहाज कुहिराको काग भएछ र विराटनगरमा बाटो ठिकसँग पत्ता लाएर हिँड्न फिरेछ । भरे अनि पो बिस्तारी कुहिराको कागको अर्थ खुल्दै गयो गफडीलाई । ढिलो कुरा थाहा पाउनु नै जनाता जनार्दनका विशेषता पनि हुन् । पहिले मत खसायो, जब मतविपरीत काम हुन्छ अनि थाहा पायो, जनताको यही हो पारा । अँ त, बसेको जहाज फेरि उडेन । अर्कोपटक जानेहरू पनि उड्न पाएनन् । कुरा चर्को जस्तो भयो । भोलिपल्ट नौ वजे विमानघाट हाजिर हुने अधिकारीको आज्ञा भयो अनि कुहिराको काग भएका यात्रू भोलिपल्ट पनि घन्टौंसम्म कुहिराको काग भए । बाठा पहिलै फ्लाइट र दोस्रो फ्लाइट गर्दै कुहिराको कागबाट ‘काग’ मा बढुवा भई उडे । एक जना महिलाले टिप्पणी गरिन् ‘बाठा उडिगए, हामी जहाँका तहीँ’ यस टिप्पणीवाट गफडीले अनुभव गर्‍यो, यहाँ लाटा अन्योलमा पर्छन् र बाठा अन्योलबाट मुक्त भई उड्छन् । उड्नु छ, गुड्नु छ र डुब्नु छैन भने अन्यौलबाट मुक्त होऊ । अन्योलवाट मुक्त हुनु छ भने कराऊ, औंलो ठड्याऊ, चाकरी गर, ’चुक्ली गर, धोखाधडी गर, उड्छौ, गुड्छौ, पार पाउँछौ ।

कागजको गति
गफडीले हावाजहाजमा देख्यो त्यो सजिलै उड्छ, जसले उड्ने ढङ्ग जानेको छ । उड्ने वस्तु तिनलाई पनि तब उपलब्ध हुँदैन, जब तीभन्दा जब्बरले केन्द्रबाटै उडानलाई अर्कातिर गुडान गर्दैन । गति वास्तवमा बाठाको हातमा छ । अड्डा कार्यालयमा पनि गफडीले देख्यो कागजको यही गति रहेछ । अस्पतालमा गफडी धेरैपटक लाइनमा बस्यो तर बेलाइनमा भित्र छिर्नेले दुई घन्टा बचाए । सिनेमा हेर्न जाँदा पनि जसले टिकस बेलानइनसँग काट्यो जसले ब्ल्याक गर्दछ । टिसियनमा त्यसले काठ पायो (पोहोरका कुरा) जसले बठ्याइँले ताल मिलायो । धानचामल कम्पनीमा त्यसले निकासीका लागि चाल मिलायो जो सचिवको कुर्सी आफ्ना इसारामा हल्लाउन सक्छ । गफडीले एउटा कार्यालयमा कागज लगेको ‘हुँदैन छिटै’ ती कर्मचारीले भने । अनि लठुवा गफडीले भन्यो- ‘पख्नोस्, तपाईंउपर म अफिसभित्रै पसेर सोर्स लगाउँछु ।’ एक छिनपछि गफडी भित्र हाकिमसँग गयो- “हाकिम साहेब, बुझ्नु भो म को हुँ, मेरो काम छिटो नहुने रे !” हाकिमले अरु कुरा सुन्ने र गुन्नेतिर मौकालाई खेर जान दिएनन् । पियुन बोलाए, मेरो काम आधा घन्टामा सकिएर आयो । गफडी को थियो ? एक लठुवा जनता, तर परिस्थितिको ज्ञाता भएर ढाँट्न उसले सकेकाले छिटै काम तमाम भयो । यस्तै एउटा काममा हाकिमले धाक लगाए गफडीलाई ‘हेर्नुहोस् गफडीजिउ, तपाईं छिटो-छिटो काम गर भन्नुहुन्छ, यहाँ यस्तै छ. अहिले जानोस्, यहाँ कति-कति सोर्स आउँछन् ।’ गफडीले सोध्यो- ‘कस-कसका सोर्स आउँछन् ?’ ‘सभापतिका, अनि उसका, अनि उसका !!’ गफडीले धाक जमायो हेर्नोस् म सभापतिभन्दा ४ तह माथिको सोर्स ल्याउँछु, तर मेरो यो विषयको यस्तो काम हो, यो काम चार तहमाथिको सोर्सभन्दा ठुलो होइन ?’ विचरा हाकिमलाई चित्त बुझेछ र सोर्स नखोजी काम गरे । अर्का हाकिमले कागजमा सही गर्ने बेलामा ‘नियमको नक्कल छैन, कसरी गर्नु ?’ भने । पछि उनले ‘हिजो त थियो पनि’ भने । पछि चर्काचर्की परेपछि बल्ल सही गरे ।

यस्तो छ यहाँ दुर्गति । अन्योल ! अन्योल ! अन्योल !
एक जना उपप्राध्यापकले भने दुई वर्ष भयो, ‘सहप्राध्यापकमा आवेदन गरेको, तर अन्तर्वार्ता भएको छैन । साना ठुला भइसके, जुनियर सिनियर भइवरि डाक्टर हुँदा र प्रोफेसर मन्त्री भईवरि सामान्य नागरिक भइसक्दा पनि अन्तर्वार्ता छैन । बोल्ने कुरादेखि नबोल्ने कुरासम्मका कुरा भइसक्दा पनि काम भएको छैन । बेइमानीका हद पुगेका कैयौँ व्यक्ति मन्त्री भइसक्दा पनि इमान र जमानमा बस्नेको कामको कुरै छैन । यहाँ कोही के भएन भन्छ, कोही के बिग्य्रो भन्छ, कोही यसो भयो, उसो भयो भन्छ, गफडी अन्योल मात्र देखेर अन्योलमा परेको छ । आश्वासन ! आश्वासन । तारेख । तारेख ! तारेख । यहाँ यस्तै छ । खालि तारेख !’

पातमा पात ! बातमा बात !
सुधारका कुरा गर्नेहरूले भन्न थाले कुरो उधारो हो; तर यहाँ हरेक दोकानमा उधारो बन्द छ । महँगीले धेरैलाई चिमोटेको छ । पातमा पात भएझै बातमा बात हुँदा गफडी भन्दैछ- यहाँ अन्योलमा मान्छे झोडातिर खनिँदैछन् । सुकम्बासी जग्गा माग्दैछन् । कोही भने झुप्रा भत्किएर झोडावाट भाग्दैछन्- जङ्गलवाट रुख धमाधम ओसारिदैछन् । विराटनगरमा थुप्रै न.पं.स.को सिफारिसमा आ.सा. पाउँदैछन् । छैन भन्नु केही छैन भने छ भन्नु पनि केही छैन, किनभने न.प. मा जत्ति धेरै चेक कतै काट्तैन रे । अन्य वि.न.पं.मा पनि धमाधम चेक कतै छन् अरे । मध्यमवर्गी घट्दैछन्, गरिब बढ्दैछन्, कार्यालयहरूमा कागज बढ्दैछन् जहाजमा मात्र होइन, बस पनि बेढङ्गले कुदेका छन् । यो स्तम्भको गफको पनि न छेउ छ, न पुच्छर छ । आज यत्ति । आगे फेरि ।
युगज्ञान वर्ष ११, अङ्क ३२, २०३७

०००
दमक, झापा
‘गफडीको गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
ट्रम्पकाे टरटर

ट्रम्पकाे टरटर

शेषराज भट्टराई
कुर्सीरसायन

कुर्सीरसायन

इन्दिरा चापागाईं
घर न द्वार हिँडे हरिद्वार

घर न द्वार हिँडे...

कृष्ण शर्मा सुमु
आधा सत्य आधा भ्रम- १५

आधा सत्य आधा भ्रम-...

अर्जुन दाहाल (क)
वीभत्स भाष्य

वीभत्स भाष्य

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x