सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लालबन्दी, सर्लाहीमा ‘विद्यालयमा कुलपति’ कार्यक्रमको आयोजना

विद्यालयसँग प्राज्ञिक कर्म र प्रज्ञा-प्रतिष्ठानलाई जोड्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कुलपति राईले कुनै पनि मुलुक वा समाजको भाषा, साहित्य, संस्कृति र कला सफ्टपावर हो भन्नु भयाे ।

Nepal Telecom ad

सर्लाही, लालबन्दी, २०८१ मङ्सिर १४ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कम्युनिटी वेयलफियर इङ्लिस स्कुल, लालबन्दी, सर्लाहीले ‘विद्यालयमा कुलपति’ कार्यक्रमको आयोजना गर्यो।

विद्यालयसँग प्राज्ञिक कर्म र प्रज्ञा-प्रतिष्ठानलाई जोड्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा कुलपति राईले कुनै पनि मुलुक वा समाजको भाषा, साहित्य, संस्कृति र कला सफ्टपावर हो । जसरी कम्प्युटर सञ्चालन गर्नका लागि सफ्टवयर महत्त्वपूर्ण हुन्छ, त्यसैगरी देश सञ्चालनका लागि साहित्य र कलाको आवश्यकता पर्दछ भन्नुभयो ।

उक्त कार्यक्रमका विशिष्ट अतिथि प्रज्ञा-प्रतिष्ठानका प्रज्ञासभा सदस्य चेतनाथ धमलाले प्रज्ञा-प्रतिष्ठानलाई विभिन्न शैक्षिक संस्था र गाउँगाउँमा पुर्याउने उद्देश्यले ‘विद्यालयमा कुलपति कार्यक्रम ‘ सञ्चालन गरेर ज्ञानको थलोको रूपमा रहेको प्रतिष्ठानलाई चिनाउने उद्देश्यले यस्ता कार्यक्रम भइरहेको बताउनु भयो ।

वाइसियल सर्लाहीका सचिव राजकुमार श्रेष्ठ र अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सचिव शिवराज धमला अतिथि रहनु भएको उक्त कार्यक्रममा स्कुलका भाइस प्रिन्सिपल जगदीश कँडेलले स्वागत मन्तव्य र शिक्षिका कोमल अधिकारीले उद्घोषण गरेकी थिइन्।

त्यसपछि उक्त विद्यालयका विद्यार्थीसँग अन्तर्क्रिया कार्यक्रम भएको थियो।

०००
– प्राज्ञ चेतनाथ धमलाद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x