साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालो जमाना भयो

बाठो काग कराउँदै गगनमा लाटो बकुल्ला भुँई विष्टा फोेहर खोज्छ खान उसले माछा बकुल्ला ढुँई कौवा कर्म बिहीन भो भुवनमा कालो चिनारी भयो सेतो जीवन यापना समयको त्यो कष्ट खेप्दो भयो ।

Nepal Telecom ad

माधव पोखरेल गोज्याङ्ग्रे :

कालो काग कराउँदै घरमुनि सेतो छु भन्दै थियो
सेतो काग घरी घरी वरिपरी नाँचेर बुझ्दै थियो ।
सोच्दै श्वेत नदी किनार जहिले सेतो बकुल्ला उता
माछा छैन भने उडेर रुखमा आराम गर्ने यता ।

कालो बाहिर भित्र काग जहिले जिस्क्याउँदै शानले
सेतो क्लिष्ट भएर बस्छ घरमा ईमानले ज्ञानले
आफ्नो धर्म निभाउँदै सगरमा उड्दै गरेकाहरू
देखे काग भने घुमेर बिचरा फर्कन्छ सेताअरु ।

हाम्रो गाउँ बजार वा शहरमा काला पसेका कति
भुक्छन् धेर यता उता कुकुर जो सेता रमाका अति
सेतोको ईतिहास मेटिन गयो कालो जमाना भयो
कालो मात्र रुचाउने समयमा सेतो बिरानो चयो ।

क्वैली साथ हुँदा डराउँछ सधैँ सेतो भए तर्सने
कालो फोहरमा रमाउँछ भने चुच्चो त्यही घर्सने
कस्तो जात रहेछ यो जगतमा सेतो विपक्षी सधैँ
निष्टा छैन र ताक्छ मेच उसले उल्टो हिडेको सधै।

बाठो काग कराउँदै गगनमा लाटो बकुल्ला भुँई
विष्टा फोेहर खोज्छ खान उसले माछा बकुल्ला ढुँई
कौवा कर्म बिहीन भो भुवनमा कालो चिनारी भयो
सेतो जीवन यापना समयको त्यो कष्ट खेप्दो भयो ।

०००
उदयपुर गाईघाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x