साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे यहाँ छन् अवतार फेर्ने

रोप्छन् छुराले मुखमा छ राम । हेरेर बस्छन् किन कृष्ण श्याम ? कैयौँ यहाँ छन् छलकर्म रोज्ने । मान्छे खुबै छन् अपकार गर्ने ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´ :

आकाश हेर्दै प्रभुको पुकार्ने ।
जाली यहाँ छन् पद मात्र ताक्ने ।।
नारा र हल्ला गफगाफ चुट्ने ।
मान्छे यहाँ छन् अवतार फेर्ने ।।-१

बोलेर व्यर्थै खुब मक्ख पार्ने ।
लाटा र सोझा जन ठग्नु पर्ने ।।
कस्तो प्रजातन्त्र चल्यो घिसार्ने।
मान्छे यहाँ छन् अतिसार गर्ने ।।-२

तारा खसाल्ने गफ चुट्किला छन् ।
सत्ता नछोड्ने अब योजना छन् ।।
गोष्ठी सभामा लफडा उमार्ने ।
मान्छे यहाँ छन् अधिकार लाद्ने ।।-३

सङ्घीय सत्ता गणतन्त्र ल्याए ।
निर्धा लुलाका सपना हराए।।
को आउला यो जगभार हर्ने।
मान्छे यहाँ छन् कुविचार धर्ने।।-४

छन् लेक बेँसी पहरा कुना छन् ।
झर्ना र खोला छहरा सुसेल्छन् ।।
छन् धूर्त जाली जननी चिथोर्ने ।
मान्छे यहाँ छन् अपराध गर्ने।।-५

रोप्छन् छुराले मुखमा छ राम ।
हेरेर बस्छन् किन कृष्ण श्याम ?
कैयौँ यहाँ छन् छलकर्म रोज्ने ।
मान्छे खुबै छन् अपकार गर्ने ।।-६

०००
बट्टार, नुवाकोट । हाल: बालाजु,काठमाडौँ ।
मोबाइल नं.९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
रमिता

रमिता

सुशील रिजाल
गोरुको दूध खा बरु

गोरुको दूध खा बरु

रमेश खकुरेल
आओस् अक्कल

आओस् अक्कल

डा. बमबहादुर जिताली
जोगी

जोगी

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x