साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पत्ना–पत्नी

‘पत्नी’को पुलिंग ‘पत्ना’ हुनुपर्ने तर्क मनमा नआएको होइन । मूर्तिवत् बनेको विद्वान्तिर कटाक्षको मुस्कान छर्दै दार्शनिक घाउमा नुन छर्छिन् ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

दार्शनिक पत्नी र विद्वान् श्रीमान् भएको घरको कथा हो यो ।
पत्नी : ‘पति’ शब्दको प्रचलन कसरी हुन थाल्यो, थाहा छ ?
पति : महिलाले जसको बढी थाहपत्ता राख्छ, उही पति कहलाउँछ ।
पत्नी : जिस्किन पनि आउँदैन तपैंलाई । वास्तवमा ‘पति’ चाहिँ ‘पतित’ बाट भएको हो । कुनै महिलाले जुन पुरुषलाई पतित देख्छे, त्यहीँ पुरुष ‘पति’ कहलाउँछ । ‘पतित’ भनेर परिचय गराउँदा पहिलोपटक सुन्नेले ‘पति त’ बुझेर ‘त’ खिइएपछि बाँकी रहेको अंश नै ‘पति’ हुन गएको हो ।

पति : अनि ‘पत्नी’ चाहिँ कसरी कहलिएको नि, श्रीमतीज्यू ?
पत्नी : सजिलो छ । त्यो जो कुनै पुरुषलाई वैधानिक रुपमा पतित बनाउँछे, उही ‘पत्नी’ कहलाउँछे । ‘पतित’की अर्धाङ्निी ‘पतितनी’ हो । त्यहीँ ‘पतितनी’ कालान्तरमा ‘पतिनी’ हुँदै ‘पत्नी’ उच्चारणमा परिवर्तन भएको हो ।

दार्शनिकको कुरा सुनेर विद्वान् ट्वाँ परेर हेरिरहन्छ । आफ्नो सबै लीला सर्वाङ्ग बुझेको मानिसले कसैले नसुन्ने गरी जे निर्णय गर्दछ, त्यो प्रायः सही हुन्छ । विद्वान्को मस्तिष्कमा सिनेमाको पर्दाझैँ आफूलाई ‘पतित’ साबित गराउने जीवनको सारा महाकाव्य प्रदर्शन हुन्छ निमेषमै । ‘पत्नी’को पुलिंग ‘पत्ना’ हुनुपर्ने तर्क मनमा नआएको होइन । मूर्तिवत् बनेको विद्वान्तिर कटाक्षको मुस्कान छर्दै दार्शनिक घाउमा नुन छर्छिन् ।

पत्नी : पुर्पुरोलाई पुगे जस्तो छ त पति महोदय । दुई पतित नांगिँदा कसैलाई लाज हुँदैन नि । कि कसो ?

अर्थबोधले हो कि आफ्नो चरित्रको स्मृतिले हो, बाउन्न सेकेन्डमा विद्वान्लाई भाउन्न लाग्छ । भोको कुखुराले अचाक्ली नुन खाएको जस्तो विद्वान्ले आँखा पारेको देखेपछि दार्शनिक पनि आतिन्छिन् ।
यो कथा यहीँ सकिन्छ ।

०००
गरूढा, सप्तरी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
कुत्ताभक्ति

कुत्ताभक्ति

सञ्जय साह मित्र
विवाह विदा र हनिमून प्याकेज

विवाह विदा र हनिमून...

सञ्जय साह मित्र
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x