साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म कवि हुँ ?

न भ्याक्सिन पचाएकाे देखे न ट्याबलेट चपाएकाे देखे न देखे गिरिबन्धुकाे फाेहरी खेल, केही देखेनन् किनभने यिनमा जाे थिए ती मेराे आस्थाका नायक थिए अनि म भन्छु, "म कवि हुँ ?"

Nepal Telecom ad

रमेश समर्थन :

म कवि हुँ ।
तर मै साेध्छु मलाई
“के म कवि हुँ ?”
म कवि हुँ कि “कभी” हुँ ?
शङ्का लाग्छ मलाई कि
कसरी हुँ म कवि ?
कवि हुन त लेख्नुपर्छ
जुन अरूले लेख्दैनन्,
लेख्नका लागि देख्नुपर्छ
जुन अरूले देख्दैनन्,
देख्नका लागि दृष्टि हुनुपर्छ
जुन अरूकाे हुँदैन ।
तर मेरा आँखामा
आस्थाकाे माेतीविन्दु भएकाे छ
निष्ठाकाे जलविन्दु भएकाे छ
अन्धविश्वासकाे फुलाे परेकाे छ ।
यी आँखाले देख्दैनन् केही पनि
न निर्मला पन्तकाे बलात्कार र हत्या देखे
न ललितानिवासकाे अतिक्रमण देखे
न सुनकाण्डकाे चमत्कार देखे
न धमिजा, न लाउडा न वाइडबडी देखे
न शरणार्थी, न सहकारी न कम्बोडियाकाे खाता
न भ्याक्सिन पचाएकाे देखे
न ट्याबलेट चपाएकाे देखे
न देखे गिरिबन्धुकाे फाेहरी खेल,
केही देखेनन् किनभने यिनमा जाे थिए
ती मेराे आस्थाका नायक थिए
अनि म भन्छु,
“म कवि हुँ ?”

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x