साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्ग छ देश !

संस्कार र सभ्यतालाई सजिलै सबैले पुर्न सक्नेगरि, गहिरो खाडल खनाउन बाँकी छ । विकासले गाउँ सबै रित्तिइसके, लास आफैँ उठेर घाटसम्म जानसक्ने, बनाउन बाँकी छ ॥

Nepal Telecom ad

गायत्री परिरोशनी :

आहा स्वर्ग छ देश
जे चाहिन्छ–त्यही पाइन्छ ।
अल्छी र कामचोरहरुले
थाहा नै नदिइकन,
सुटुक्क अलिकति देश खाइन्छ ॥

साँचोलाई झुटो,
अनि झुटोलाई
साँचो भनिन्छ ।
न्यायमूर्तिको आँखामा
फुलो परेन भने,
दुई –तिहाइलाई
संसद–भवनमा नचाइन्छ,
अनि संविधानका धारा फेरिन्छ ॥

देश स्वर्ग भएपछि,
हरमा कपडा फेर्ने,
हैसिएत नभएर के भो र ?
एक वर्षमै,
दुई–चार वटा
सरकार फेरिन्छ ।
महङ्गो टिकट काटेर
फिल्महलमा किन जानु ?
हरेक टोल–टोलमा
हरेक चोक–चोकमा
सित्तैमा सँधैँभरि,
मुर्दाहरुको
अमुल्य नाच हेरिन्छ ॥

देश नै स्वर्ग भएपछि
विकास र समृद्धिको
नकुरा गरौँ,
खुसीका चित्कारहरुले
ढल बगेको छ ।
वैदेशिक रोजगारमा
१८–५९ वर्ष सम्मकाको
बल बगेको छ ॥

आउनुहोस्,
अझै हामी सबै
एकढिक्का भएर,
संघीयताको सबलीकरण भन्दै,
अलिकति बाँकी रहेको
संस्कार र सभ्यतालाई
सजिलै सबैले
पुर्न सक्नेगरि,
गहिरो खाडल
खनाउन बाँकी छ ।
विकासले गाउँ सबै
रित्तिइसके,
लास आफैँ उठेर
घाटसम्म जानसक्ने,
बनाउन बाँकी छ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
तोला तोलामा मान्छे

तोला तोलामा मान्छे

अनिता काेइराला
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x